राष्ट्रिय पेट्रोलियम संस्थाागत समितिले आन्दोलन गर्ने

  • ख-
  • ख+

तनहूँ । सरकारले आफ्ना मागहरु प्रा नगरेको भन्दै राष्ट्रिय पेट्रोलियम संस्थाागत समितिले आन्दोलन गर्ने भएको छ । समितिले सम्पूर्ण व्यवसायीहरुको तर्फबाट पटक पटक व्यवसायीका मागहरु आयल निगम र सरकार समक्ष राख्दा पनि समाधान नभएको कारण आन्दोलन गर्नु परेको जनाईएको छ । आज पुर्वी गण्डक पेट्रोलियम डिलर्स एशोसियशनले जिल्ला प्रशासन कार्यालय तनहूँमा एक ज्ञापन पत्र बुझाउदै उक्त कुराको जानकारी दिएको हो । सरकारले आफ्ना मागहरु सम्बोधन गर्न अग्रसरता नदेखाएको कारण आन्दोलन गर्न वाध्य भएको दमौलीमा रहेको सुगम पेट्रोल पम्पका संचालक महेश बतासले बताउनुभएको थियो । उक्त अवसरमा उहाँहरुले सरकारले आफ्ना माग पुरा नगरे चैत्र २० गतेदेखि ग्यास, पेटोलियम पदार्थ लगायत सम्पुर्ण ईन्धन ढुवानी तथा बिक्री वितरण पूर्णरुपमा बन्द गर्ने पनि बताउनुभएको छ । समितिले विभिन्न ६ सुत्रिय माग राखि आयल निगमलाई फागुन ६ गते माग पत्र बुझाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?