नेता भेटिएको सूचना

  • ख-
  • ख+

करिव साढे चार बर्ष अघि
प्रकाशित सूचना,
पत्रीकामा छापेको थिंए
नेता हराएको सूचना,
सूचनामा हुलिया थियो
बर्ष २५ नाघेका !
अमुक नाम ठेगाना भएका,
बोल्नमा सिपालु
यस्तै यस्तै !!
सूचनामा यो पनि थियो
पाउनु हुनेले सडकमा लगि नङ्ग्याउनु होला,
झुट्टा भाषण दिनेको
त्यो थुतुनो बङ्याउनु होला,
आज बर्षौपछि फेरि
घरदैलोमा जुम्ल्याहात गर्दै,
माथी गाउंको त्यहिं भन्ज्याङ्गमा,
बिपन्न बस्ती
जो सदियौं देखि
रोग भोकको शोकमा, राहतको आशमा
मन र आँखा बिछ्याइरहे का
सोझा निमुखा जनता जम्मा पारेर
यस्तो उस्तो गर्छु !!!
बिगतमा विपक्षीले गर्न दिएनन,
यस्तै भन्दै कसम खाइरहेछन,
हिंजोको चुनावी ताका झैं,
हिजो जस्तै त्यस्तै आश्वासन बाँडिरहेका छन,
त्यो सूचनाको हुलियासङ्ग हुबहु मिल्ने,
उहीँ कथित नेता
भेटिएको छ,
डोरि लिएर आउनुस
पाता फर्काउनु पर्छ,
सबैले एकै स्वरमा थर्काउनु पर्छ,
यस्तालाई नङ्ग्याउनु पर्छ
आँचिखाने त्यो थुतुनो बङ्ग्याउनु पर्छ।
(संगम सापकोटा ,तनहूँ , दमौली )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्