ध्रुव अधिकारी समुहको ठमेल पर्यटन बिकास परिषद्को निर्वाचन परिचालनमा डा. थपलिया चयन

  • ख-
  • ख+

काठमाडौं । आगामी असार ३२ गते हुन गईरहेको ठमेल पर्यटन बिकास परिषद्को निर्वाचनका लागि अध्यक्षका उमेदवार ध्रुव अधिकारीको समाबेशी समुहले निर्वाचन परिचालन समितिमा डा. रामशरण थपलियालाई संयोजक चयन गरेको छ ।
उक्त निर्वाचन परिचालन समितिले निर्वाचनलाई ब्यबस्थित र व्यापक बनाउनको निमिती विभिन्न उपसमितिहरु गठन गरेको छ । जसमा प्रचारप्रसार उपसमितीमा जीवन थापामगर संयोजक र आर्थिक उपसमितीमा जीवन थपलिया चयन गरेको छ ।
डा. थपलिया ठमेल पर्यटन बिकास परिषदको दुई कार्यकालमा अध्यक्षको सफल नेतृत्व निर्बाहन गरिसक्नु भएको पुर्व अध्यक्ष हो भने वर्तमान प्रमुख सल्लाहकार समेत रहनुभएको छ ।
उहाँका अनुसार ध्रुब अधिकारी समुहमा सबै घरधनी, ब्यबसायी, उपसमितिहरु र क्लबहरुको प्रतिनिधित्व गर्ने हिसाबले टिम बनाएको र अनुभवी ब्यक्तिहरु समूह भएकाले यो टिमले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभयो ।
ठमेल पर्यटन बिकास परिषद्को २५,२६ र २७ औं बार्षिक साधारण सभा र ३२ गते निर्वाचन काठमाण्डौमा हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?