तयार भयो ध्रुव अधिकारीको प्यानल , कस्तो छ टिम ?

  • ख-
  • ख+

काठमाडौं । ठमेल नेपालको पर्यटन क्षेत्रको मुटु नै मानिन्छ। स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा परिचित ठमेललाई चुनाबी माहोलले छोपेको छ।

पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को चुनाबले ठमेललाई तताएको हो।
सोही संस्थाको आगामी अधिवेशनबाट आउने नयाँ नेतृत्वका लागि ध्रुव अधिकारी समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।

परिषद्का हालका महसचिब समेत रहेका अधिकारीको समावेशी समूहका लागी अध्यक्षमा अधिकारीसँगै उपाध्यक्ष पदमा महेश महर्जन, गीता गुरुङ, राजुमान डङ्गोल, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजुले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै सदस्यमा कमल भण्डारी, विनोद श्रेष्ठ, रञ्जयमान प्रधान, प्रकाश थपलिया ,दिलिप कडेल कृष्ण थपलिया, होमनाथ अधिकारी, प्रबिन बज्राचार्यको उम्मेदवारी परेको छ ।

अध्यक्षका प्रत्यासी अधिकारीले आफ्ना एजेन्डा नै व्यवसायी र घरबेटीका समस्या रहेको र त्यसलाई समाधान गर्नु रहेको बताए। उनले भने, ‘मेरा एजेन्डा नै व्यवसायीका समस्या हुन , घरबेटीका समस्या हुन र समग्र ठमेलका समस्या हुन् ।’
ठमेलमा शान्ति सुरक्षाको उचित व्यवस्थापन, पर्यटक प्रहरी, ठमेलका स्थानीय बासिन्दा र सरोकारवाला निकायसँग समन्वय, गल्ली–गल्लीमा सीसीटीभी जडान, फुड फेस्टिभल, सडक अतिक्रमण रोक्ने, लगायतका काम गर्ने समेत उनले बताए।

कार्यक्रममा पर्यटन ब्यवसायी , संस्थाका पुर्व अध्यक्ष , पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । ठमेल पर्यटन विकास परिषद्को २५,२६ र २७ औं बार्षिक साधारण सभा र ३२ गते निर्वाचन काठमाडौंमा हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?