उपकार वचत तथा ऋण सहकारीको १२ औ साधारणसभा सम्पन्न

  • ख-
  • ख+

वि वि श्रेष्ठ । तनहूँ / तनहूँको म्याग्दे गाउँपालिका धयँरेमा रहेको उपकार वचत तथा ऋण सहकारीको १२ औ साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथीमा उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो ।
२०६७ सालमा स्थापना भई कार्यगर्दे आईरहेको सहकारीमा हालसम्म ३००० क्रियाशिल शेयर सदस्य र ३० करोड वरोवरको कारोवार गर्दे आएको संस्थाका अध्यक्ष विष्णुकुमार श्रेष्ठले वताउनुभयो । सहकारीले समाजिक सेवामा पनि काम गर्दे आएको र भोलिका दिनमा पनि सवैको साथ र सहयोगले सहकारीलाई अगाडी वढाउने वताउनुभयो ।
यसैगरि संस्थाको निवर्तमान अध्यक्ष रामभक्त घिमिरेले संस्थाको स्थापना कालदेखि आजसम्मका मिती सम्म आईपुग्दा सस्थाले खेलेको भुमिकाको वारेमा चर्चा गर्नुभएको थियो । स्थानिय स्तरमा जनसमुदायको व्यापक सहभागितमा संस्था स्थापना गरिएको र शेयर सदस्यको आर्थिक, समाजिक हैसियत उकास्नका लागी सहकारीले भुमिका खेल्नुपर्ने वताए । सवै शेयर सदस्यहरुको सक्रियता नै आजको अवस्था भएको निवर्तमान अध्यक्ष घिमिरेले वताउनुभयो ।
यसैगरि विशिष्ट अतिथी वालकृष्ण घिमिरेले सहकारीले सहकारीको मुल्य र मान्यता अनुरुप काम गर्नुपर्ने वताउनुभयो । सहकारी जनसमुदायको आर्थिक उपार्जनको मुख्य कडि भएको हुदाँ सहकारीको विश्वसनियत वढाउनुपर्ने वताउनुभयो ।
यसैगरि प्रमुख अतिथी श्रेष्ठले सहकारीले कृषि र उत्पादनमा प्रोत्साहन दिनुपर्ने वताउनुभयो । आम समुदायसँग प्रत्यक्ष जोडिएको सहकारी जनमैत्री हुनुपर्ने र सदस्यहरुको दिगो आर्थिक विकासमा टेवा पुरयाउने खालको हुनुपर्दछ । समुदायमा छरिएर रहेका सानो सानो पुजँीलाई एकीकृत गरि दिगो विकास र उत्पादनमा लगानी गर्नुपर्दछ ।सहकारीको आवश्यकता र यसको उपयोगमा ध्यान दिन सकेमा परिवार व्यक्ति सक्षम र आत्मनिर्भर वन्न सक्नेछ, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
विजय घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष नरमाया आलेले आर्थिक प्रतिवेदन, दिपेन्द्र पण्डितले ऋण, अम्विका घिमिरेले शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?