तनहूँ । तनहूँको व्यास नगरपालिका , भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाहरुको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय तनहूँबाट उक्त नरभक्षी चितुवा मारि डिभिजन कार्यालय तनहूँमा बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहूँलाई पत्राचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहूँका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी विश्ब प्रकाश अर्यालद्धारा प्रेषित पत्रमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र विभिन्न स्थानिय व्यक्तिहरुको निवेदनको आधारमा उक्त नरभक्षी चितुवा मार्नुपर्ने प्रतिवेदन प्राप्त भएकोले उक्त चितुवा मार्न बुझाउन अनुरोध गरिएको छ ।
बालबालिकाहरुको ज्यानै लिने, मानिस तथा पशु चौपायालाई घाईते बनाउने चितुवा नियन्त्रण गर्न नसकिएकोले सो हिस्रक नरभक्षी चितुवालाई मारि डिभिजन कार्यालय तनहूँमा बुझाउनका लागि पनि तनहूँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्धारा प्रेषित पत्रमा जिल्ला प्रहरी कार्यालय तनहूँलाई अनुरोध गर्नुभएको छ ।









