तनहूँ १ प्रदेश नं. १ का मतदाताको रोजाईमा परेको छुः राम बहादुर गुरुङ

  • ख-
  • ख+

तनहूँ । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
यसै क्रममा गण्डकी प्रदेशका निवर्तमान् सांसद एवं निर्यात व्यावसायिक महासंघका अध्यक्ष राम बहादुर गुरुङ नेकपा एमालेबाट तनहूँ क्षेत्र नम्बर १ को प्रदेश नं. १ बाट बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुभएको छ । यस भन्दा अगाडी पनि यसै प्रदेशबाट चुनाव जित्नु भएका गुरुगंले अघिल्लो कार्यकालमा सन्तोषजनक काम गरेको यस क्षेत्रका बासिन्दाहरुको भनाई रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडलको पुरानो गाउँ व्यास ८ रिस्ति जानको लागि मोटररेवल पुल अत्यावश्यक भएकोले गुरुगंकै पहलमा उक्त स्थानमा जानको लागि २ वटा मोटररेवल पुल पनि निर्माण पहल गरेको कारणले पनि गुरुगंलाई आममानिसहरुले सम्झिरहेका छन् । गण्डकी प्रदेश सरकारको महत्वाकांक्षी योजना एक घर एक धारा भने कार्यक्रम कार्यान्यवनमा पनि गुरुगंको सक्रिय सहभागिता रहेको थियो ।
गुरुगंले पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री र तनहूँकै नेता किरण गुरुङ अर्थमन्त्री हुदा धेरै ठाउमा पुल, खानेपानी, बाटो, सामुदायिक भवन, होमस्टेहरु बनाउन आर्थिक सहयोग, वोटविरुवाहरु वितरण लगाएतका धेरै योजनाहरु सजिलैसंग आफ्नो क्षेत्रमा बजेट ल्याउन सक्नुभएको थियो ।
तिनै गुरुगं पार्टीले दिएको काम र जनताको अपेक्षा पुरा कहिल्यै नहच्किचाएको बताउने गुरुङ प्रदेशसभा सदस्य निर्वाचित भएर जनताका कामहरु धेरै गरेको र धेरै योजनाहरु अधुरा रहेको कारण पनि ति योजनाहरु लाई पुर्णरुप दिनको लागि फेरि उमेदवार बनेको बताउनुहुन्छ ।
गण्डकी प्रदेशसभा सदस्य रहँदा आफुले जनतासगको भेटघाट र बिकास निर्माणका काममा खट्ने गरेको र कोभिड १९ को महामारीको समयमा समेत विकास निर्माणका धेरै कामहरु गरेको कारण जनताले यसपटक पनि आफुलाई भोट हालेर चुनावमा विजय गराउनेमा ढुक्क भएको बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?