देशभर चुनावको वातावरण लागेको छ । मंसिर ४ मा देशभर प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुन गईरहेको छ त्यस्को लागि देशको परिस्थिति सुधार गर्छु भन्दै थुप्रै उमेदवारहरु मैदानमा आउनुभएको छ तिनै मध्ये १ हुनुहुन्छ नेपालका प्रख्यात मुर्तिकार तथा चित्रकार पृथ्वीनारायण श्रेष्ठ । देशमा बढदै गएको बेथिति, भ्रष्ट्राचार र मनपरितन्त्रको विरुद्ध उमेदवारी दिएको बताउनुहुने श्रेष्ठ चुनाव प्रचारको अन्तिम दिन घरदैलो कार्यक्रम र कोणसभामा व्यस्त हुनुहुन्छ तिनै स्वतन्त्र उमेदवार पृथ्वी नारायण श्रेष्ठसग गरिएको कुराकानीः
प्रश्नः आज चुनाव प्रचार प्रसारको अन्तिम दिन, कस्तो रह्यो आफ्नो निर्वाचन क्षेत्र दौडाहा ?
श्रेष्ठः म एउटा उमेदवारभन्दा पनि एउटा नागरिकको हिसावले क्षेत्र नं. १ का सबै ठाउँमा पुगेको छु , सकेसम्म कसैको घर नछुटोस् भन्ने मेरो मनसाय छ । म कलाकार भएको हुनाले राजनीतिक चेत भएपनि, नेपालका प्रत्येक राजनीतिक परिवर्तनको आन्दोलनमा अग्रभागमा सहभागी भएपनि निर्वाचनमा उमेदवार भएर कहिल्यै पनि मतदाताहरुसग साक्षात्कार गर्न पाएको थिईन तर जब साक्षात्कार गरे नि म त दंग परे , पुराना पार्टीका नेताहरु हामीले त जिल्लामा बिकासको मुल फुटाएका छौ भन्थे जनताहरु कोहि असन्तुष्ट छैनन् , बाटोघाटोको अवस्था वेहाल छ, जिल्लामा एउटा गतिलो अस्पताल, सरकारी कजेल छैन । प्रजातन्त्र लोकतन्त्र आएको यत्रो बर्ष हुदाँ पनि सारै काहालिलाग्दो अवस्था रहेछ , न रोजगारीको पाउने अवसर श्रृजना भएका छन् ? न महंगी नियन्त्रणमा कसैको पहल छ, भ्रष्ट्राचार मौलाएको छ, , गाउँ शहर जताततै राजनीति पार्टीको सिण्डिकेट देखेर जनता त्राहिमाम भएका छन् । जनता नेताहरु सम्झेर यति दिक्क छन् कि जस्लाई भोट हालेपनि त्यहि त रहेछ किन हाल्ने भोट ? भन्ने भावनाको प्रचुर मात्रामा बिकास भएको पाए मैले त ।
प्रश्नः जनता नेताप्रति वितृष्णा र असन्तोष हुदाँ कसरी मतदाताहरुलाई सम्झाउनुभयो त तपाईले ?
प्रश्नः मैले त राजनीतिकर्मी होईन , म त एउटा कलाकार म राजनीतिलाई पेशा बनाएर आएको होईन, म पनि तपाईहरु जस्तै बेथितिबाट वाक्क भएर, नेताहरुको चालामाला देख्दा दिक्क भएर केहि गर्नुपर्छ आफ्नो देशको लागि भनेर स्वतन्त्र उमेदवार बनेको हुँ भने, मान्छेहरुमा कत्तिसम्म त्राश छ भने बहुदल आएपछि चुनावमा उठ्नेले सधै यसरी नै भनिरहेका छन् तपाई पनि फलानो जस्तै त होला नि ? ठुला ठुला बाचा गर्ने चुनावपछि मुख नदेखाउने भनेर भन्दा मलाई उमेदवार हुँ भनेर मत माग्न पनि लाज लाग्यो । आममानिस, बृद्धबृद्धाहरुले त्यसरी भन्दा र पुर्व जनप्रतिनिधिहरुलाई सराप्दा त म नेता होईन है तपाईहरुको सेवा गर्नको लागि आएको हुँ भन्दै गाउँ डुले, क्षेत्र नं. १ वासीसग सुख दुःखका कुरा गरे, गुनासाहरु सुने, भोलि गर्नुपर्ने कामहरुको बारेमा सल्लाह गरे । समग्रमा मतदाताहरुमा पुर्व जनप्रतिनिधिहरु बिशेष गरेर पार्टीका ठुला ठुला पदमा बसेर काम नगर्नेहरुप्रति तिव्र असन्तोष रहेको पाए । मलाई त पार्टीहरु गठन भएको देशको लागि काम गर्न होईन कुनै प्राईभेट कम्पनी झै संचालन भईरहेकोले लोकतन्त्र खतरामा पर्न लागेको भान भएको छ ।
प्रश्नः निर्वाचनको परिणाम कस्तो होला भन्ने तपाईलाईै लाग्दैछ ?
श्रेष्ठः मैले भन्नु नै पर्दैन हामी नेपालीहरु द्धैध चरित्रका छौ सामाजिक संजालमा बालेन शाह र हर्क साम्पागंको प्रशंसा गर्छौ अनि भोट दिने बेलामा मेरो हजुरबुबा फलानो पार्टीको , मेरो बुबा फलानो पार्टीको भनेर पार्टीले जस्तै व्यक्ति उठाएपनि त्यसैलाई भोट दिन्छौ । अहिलेको २१ शताव्दिमा त लौन कुन उमेदवार राम्रो रहेछ तुलना गरौ न भनेर कमैले मात्र भनेको पाईन्छ । अरे बाबा म नराम्रो छु भने म भन्दा योग्य मान्छे को छ भनौ न म पनि उहाँको लागि सर्पोट गरौला तर आफ्नो पार्टीले उठाएको व्यक्ति नै सर्वगुण सम्पन्न भन्ने संस्कारले पार्टीहरु लोकतन्त्र जोगाउन होईन लुटतन्त्र संचालन गर्न उद्यत रहेको पाएको छु । तैपनि मतदाताहरुले मेरो विगत हेरेर पुराना नेतृत्व , पुराना जनप्रतिनिधिहरुसग वाक्क भएर ओहो तपाई त स्वतन्त्र उमेदवार हुनुहुदोरहेछ यसपटक तपाईजस्तै मान्छेलाई विजयी गराउने चाहना छ भन्नुभएको छ त्यसैले शिक्षित, विद्धान, आफु र आफ्नो परिवारको मात्र होईन देशको भलो चाहनेहरुले मलाई मतदान गर्नुहुन्छ भन्ने कुरामा म ढुक्क छु ।








