नेकपा माओवादीका नेता हरिबहादुर चुमान गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । नेकपा माओवादीका नेता हरिबहादुर चुमान तनहूँ निर्वाचन क्षेत्र नं. १ प्रदेश नं. २ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । चुमान गठबन्धनको उमेदवारको रुपमा १३,२७१ मत ल्याई विजयी बन्नुभएको हो । उहाँले नेकपा एमालेका उमेदवार पुर्णबहादुर गुरुगंलाई पराजित गर्नुभएको हो ।
माओवादीका नेता चुमान २०७४ को निर्वाचनमा पनि उक्त क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी बन्नुभएको थियो । गण्डकी प्रदेशका निवर्तमान पृथ्वी सुव्वा गुरुगंको कार्यकालमा आन्तरिक मामिला मन्त्री बन्नुभएका चुुमान यसपटक माओवादीका तर्फबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?