तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । पौडेलले नेकपा एमालेका उमेदवार एकबहादुर रानालाई ५३७५ मतान्तरले पराजित गर्नुभएको हो । पौडेल कुल खसेको मत ६८१५८ मा पौडेलले २५,३१८ र नेकपा एमालेका राना ले १९,९४३ मत प्राप्त गर्नुभएको थियो ।
२०७४ को निर्वाचनको निर्वाचनमा बाम गठबन्धनका उमेदवार कृष्णकुमार श्रेष्ठ किसानसग पराजित हुनुभएका पौडेल यसपटक प्रधानमन्त्री बन्ने आकांक्षा सहित उमेदवार बन्नुभएको हो ।








