राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ अत्यधिक मतका साथ उक्त क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।
कुल ८४३१७ जनाले मतदान गरेको चितवन क्षेत्र नं २ क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९ मत र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाउनुभएको छ ।
लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाउनुभएको छ ।








