अन्तर्घात गर्नेमाथि १५ पुसभित्र कारबाही गर्न कांग्रेस अनुशासन समितिको निर्देशन

  • ख-
  • ख+

नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?