समानुपातिकतर्फ केन्द्र र प्रदेशमा सबैभन्दा धेरै सिट एमालेलाई, यस्तो छ आयोगको अन्तिम बाँडफाँट

  • ख-
  • ख+

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक गरेको छ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ।

नेकपा ण्माओवादी केन्द्र) ले प्रतिनिधि सभामा १४ सिटसहित २९ सिट जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ। प्रदेश सभामा उसले उम्मेदवारी दिएको थिएन।

प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न प्रदेश सभाहरूमा ९ सिट पाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?