तनहूँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा श्रीमतीले ढुंगा प्रहरी गरी श्रीमानको हत्या गरेकी छन् । मादक पदार्थ सेवन गरी घरायसी कुरामा बिवाद हुँदा ३६ बर्षीय श्रीमती शुसीला बिकले ढुंगा प्रहार गरी ४० बर्षीय श्रीमान मनबहादुर नेपालीको हत्या गरेकी हुन् ।
टाउँकोमा ढुंगा प्रहार गरी सख्त घाइते भएका श्रीमान् नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो ।
छिमेकी जिल्ला पोखरा महानगरपालिका वडा नं ३० शिसुवा घर भई हाल उक्त स्थानमा ती दम्पती भाडामा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
घट्नामा संलग्न शुसीला बिकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।








