३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वबिजेता

  • ख-
  • ख+

कतारमा जारी फिफा विश्वकप २०२२ फाइनल खेलमा फ्रान्सलाई हराउदै अर्जेन्टिनाले उपाधि चुमेको छ । स्टार खेलाडीले भरिभराउ अर्जेन्टिना पहिलो हाफमा २ गोलले अगाडि भएपनि फ्रान्सका स्टार खेलाडी एम्बापेले १ मिनेटमा २ गोल गरि टिमलाई बराबरीमा ल्याएका थिए । त्यस लगत्तै अर्जेन्टिनाका मेस्सीले १ गोल थप्दै आफ्नो टिमलाई अग्रता दिलाएपनि पुनः एम्बाप्पेले गोल गर्द बराबरी गरेका थिए । अतिरिक्त समयमा पनि बराबरी भएपछि पेनाल्टी सुट आउटमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको हो ।

अर्जेन्टिनाले ३६ बर्षपछि विश्वकप फुटवलको उपाध जित्न सफल भएको हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।

फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?