तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जीवनको एउटै धोको थियो देशको कार्यकारी पदमा पुगेर जिल्लामा बिकासको बाढि ल्याउने उक्त कुराको प्रयाश स्वरुप उहाँले १७ पटक प्रधानमन्त्रीको उमेदवार बनेर प्रधानमन्त्री बन्ने प्रयाश नगर्नुभएको भने होईन । उक्त प्रयाश असफल भएपछि पनि रामचन्द्र पौडेलको त्यो जिजिविषा घाटीमा अड्केर बसेको थियो । त्यहि जिजिविषालाई शान्त पार्नको लागि मंसिर ४ गतेको निर्वाचन घोषणा पश्चात देशका अन्य स्थानहरुमा दविएको स्वरमा भनेपनि जिल्ला अथवा आफ्नो निर्वाचन क्षेत्र तनहूँ क्षेत्र नंं १ मा उहाँले निकै चर्को स्वरमा ”दावेदार प्रधानमन्त्रीको अब पालो रामचन्द्रको” भनेर प्रचार प्रसार गर्नुभएको थियो । तर जब आज अर्थात पौष ५ गते नेपाली कांग्रेसको संसदिय दलको नेताको उमेदवारी दिने समय आयो उहाँले सुटुक्क शेरबहादुर देउवाको समर्थक बसेर सारा तनहूँबासीको सपनामा तुषारापात गर्नुभएको छ ।
२०७४ निर्वाचनमा कम्युनिष्टहरुका उमेदवार कृष्णकुमार श्रेष्ठ “किसान” सग पराजित भएपछि रामचन्द्र पौडेललाई आफ्नो तनहूँमा राजनीतिक विरासत फर्काउने चाहना त थियो तर त्यो चाहना पुरा गर्ने नाउँमा तनहूँबासीलाई प्रधानमन्त्रीकाे दावेदार भन्दै ललिपप बाँडेर अन्तमा संसदिय दलको नेताको चुनावमा उमेदवारी नदिई राष्ट्रपतिको लोभमा शेरबहादुर देउवाको समर्थक बस्नुलाई तमाम तनहूँवासीले धोका दिएको महसुस गरेका छन् ।
हुन त २०४६ सालको परिवर्तन पश्चात पटक पटक मन्त्री, उपप्रधानमन्त्री, सभामुख बन्नुभएका तनहूँगे छोरा रामचन्द्र पौडेल आफैमा अडान लिने नेतामा पर्नुहुन्न । सभामुखजस्तो सम्माननिय पदमा पुग्नुभएका पौडेलले उपप्रधानमन्त्री पदको लागि मरिहत्ते गरेपछि त्यतिबेला नै उहाँलाई धेरैले लोभी नेताको पगरी गुथाएका थिए । पछिल्लो १४ औं अधिवेशन अगाडि पार्टी सभापतिको कट्टर आलोचना गर्दै पुस्ता हस्तान्तर गर्नुपर्छ भन्ने पौडेलले अन्तिम समयमा आएर ”आफुलाई सबैले पार्टी सभापतिको उमेदवार बनाए ठिक नत्र अरुलाई कसैलाई समर्थन गर्दिन” भनेर शेरबहादुर देउवालाई केन्द्रीय सभापतिमा समर्थन गर्दै आफ्नो अडानबाट विचलित हुनुभएको नौलो भएको छैन । तापनि तनहूँबाट रंगनाथ पौडेल राणाकालमा प्रधानमन्त्री तथा मुख्तियार भएपनि धेरैपछि तनहूँको अर्को छोरो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री हुने भनेर चुनावमा प्रचारप्रसार गरेपछि अन्तिम समयमा आएर संसदिय दलको नेतामा उमेदवारी समेत नदिनुलाई मानिसहरुले विभिन्न तहमा अथ्याईरहेका छन् ।
कोहि ”रामचन्द्र पौडेलले टिकट वितरणमा आफ्नो पक्षका नेताहरुलाई उमेदवार बनाउन नसकेका कारण संसदिय दलको नेतामा उमेदवारी दिन नसक्नुभएको हो” भनेका छन् भने कतिले ”शेरबहादुर देउवाको समर्थक आफु बसेर आफुलाई राष्ट्रपति बनाउन शेरबहादुर देउवाको मन पगाल्न खोजेको” रुपमा अथ्र्याएका छन् ।
यसै बिषयमा नेपाली कांग्रेस तनहूँका सभापति तथा प्रदेश सांसद जितप्रकाश आलेसग सम्पर्क गर्दा काठमाडौ जाने क्रममा यात्रारत भएको हुनाले प्रतिक्रिया प्राप्त हुन सकेन भने गठबन्धनमा सामेल दल नेकपा एसका स्थायी कमिटि सदस्य प्रतापलाल श्रेष्ठसग सम्पर्क गर्दा उहाँको फोन उठेन ।
संघिय निर्वाचनको समयमा तनहूँ क्षेत्र नं. १ को उमेदवार भई म प्रधानमन्त्री हुन्छु भन्दै मत माग्दै विजयी हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका संसदियको नेताको उमेदवार नबनेपछि पौडेलका कट्टर आलोचक एवं गत स्थानिय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा प्रत्यासी दिपकराज जोशीले फेसबुकमा सामाजिक संजालमा लेख्नुभएको छ ” संसदीय दलको चुनावमा लड्न खोजेका थिए अरे तर प्रस्तावक र समर्थक पनि नभेटिएपछि रामचन्द्र पौडेल संसदीय दलको चुनावमा भागलिन असफल भएछन्। दुई जना पनि नभएपछि के को को चुनाव लड्ने ? ” त्यसैगरि नेपाली कांग्रेस तनहूँका एक स्थानिय नेता नाम नछाप्ने सर्तमा भन्नुहुन्छ ”रामचन्द्र दाईको यहि कमजोरीले गर्दा त उहाँ देशकै नेता बन्न सक्नुभएन , अब त बाबु हो तिमीहरु नै हो देश समहाल्ने भनेर गगनलाई समर्थन गर्दै ल देश सम्हाल, पार्टी पनि बलियो बनाउँ भन्नुछैन राष्ट्रपतितिर पो छ ध्यान… यो नपाए त्यो, त्यो नपाए त्यो मलाई चाहिन्छ भन्दै वार्गेनिगं गर्दागर्दै पार्टी सिद्धिन लागेको थाहा छैन आफुलाई पद मात्र चाहिएको छ ।
तनहूँवासी २०४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात पटक पटक विजयी गराएपनि जिल्लामा उल्लेख्य विकास निर्माणको कामको लागि पहल नगरेको आरोप लागेका पौडेल नेपाली कांग्रेसको संसदिय दलको नेता हुदै प्रधानमन्त्री भएपश्चात आफ्ना पछिल्ला वाचा पुरा गर्नुहुन्छ बसेका थिए । संसदिय दल नेताको निर्वाचन मिति घोषणा पश्चात पनि चुपचाप रहदै शेरबहादुर देउवाको सम्पर्कमा बस्नु र आज देउवाको समर्थक भएपछि तनहूँबासीले रामचन्द्र पौडेलबाट ठुलो धोका पाएको महसुस गरेका छन् ।








