काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित हुनुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक कांग्रेस नेताका अनुसार आज बिहान भएको संसदीय दल निर्वाचनमा उनले गगन थापाले २५ भोट ल्याउदा शेरबहादुर देउवाले ६४ भोट ल्याउनुभएको छ । देउवाले युवा नेता थापालाई ३९ मतको अन्तरले संसदिय दलको नेतामा पराजित गर्नुभएको हो ।
अन्तिम नतिजाबारे औपचारिक घोषणा हुन भने बाँकी छ ।








