विदेशबाट ल्याएको मोबाइल बोक्नेलाई पुस १५ भित्र दर्ता गराउन दूरसञ्चार प्राधिकरणको निर्देशन (सूचनासहित)

  • ख-
  • ख+

नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेभित्र व्यक्तिगत रुपमा विदेशबाट किनेर ल्याइएको वा आफन्तले पठाएका मोबाइल सेटहरु एमडीएमस प्रणालीमा दर्ता गर्न अन्तिम सूचना जारी गरेको छ ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्ट (एमडीएमएस) पूर्ण रुपमा पुस १५ देखि कार्यन्वयनमा आउने र त्यसभित्र दर्ता नभएका मोबाइल सेट नचल्ने जानकारी समेत दिएको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्रिी वितरण तथा चोरी नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागु गर्न लागेको हो । चोरी भएका तथा हराएका मोबाइल सेटको बारेमा प्राधिकरणले यो प्रणाली यसअघि लागु गरेकोमा अब पुस १५ देखि सबैमा लागू हुने भएको छ ।

प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले निजी प्रयोजनका लागि आफ्नो साथमा ल्याएका मोबाइल सेटहरुको आइएमइआइ नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन अनुसार प्रज्ञापनपत्र लिन भनेको छ । यस्तो प्रावधान एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा २०७९ भदौ महिनाभन्दा अगाडि प्रयोग नभएका मोबाइलको हकमा लागू गराएको हो ।

नियम अनुसार भन्सार घोषणा नभएका मोबाइल फोन सेट पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सन्चालनमा समेत रोक लगाइने भन्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु प्रज्ञापनपत्रसहित दर्ता गर्न भनेको छ । नेपालभित्रै मोबाइल खरिद गर्दा पनि उक्त सेट एमडीएमएस प्रणलाीमा दर्ता भए नभएको एकिन गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?