व्यासका मेयर बैकुण्ठ न्यौपानेलाई असफल बनाउन स्वार्थ समुह सक्रिय !

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको कार्यालयमा रहेको आफ्नो कार्यकक्षबाट नेमप्लेट हटाईएपछि साउन महिनाबाट व्यासको प्रमुख प्रशासकिय अधिकृत (हाकिम) को जिम्मेवारी सम्हाल्नुभएका हरिराम नागिलाको फोन उठेको छैन । व्यासका जिम्मेवार व्यक्तिहरुले प्रतिक्रिया दिदा उहाँ विरामी भएर आराम गर्न काठमाण्डौ जानुभएको छ भन्ने सुनेको बताएपनि केहि महिना अघिबाट कार्यालयमा आएका हाकिमको बिरामी भएर काठमाण्डौ जान लाग्दा उहाँले प्रयोग गरिरहेको गाडीको साँचो खोसिनु , कार्यकक्षमा राखिएको नेमप्लेट बलजफति हटाईनु (नेमप्लेट झिक्दा बलजफति झिकिएको देख्न सकिन्छ ) ले घटना जति नै भनेपनि सामान्य मान्न सकिदैन ।

भगवानमा त गुण र दोष हुन्छन् भने जस्तै नगरपालिकाको हाकिम हुदैमा सर्वगुण सम्पन्न हुन्छन् भन्ने सोच्नु किमार्थ सहि हुन सक्दैन, व्यासका हाकिम हरिराम नागिलामा पनि गुण र अवगुणहरु छन् होलान् तर बिहिवारको काण्डले केहि स्वार्थकेन्द्रीत व्यक्तिहरु जस्को एकमात्र उद्धेश्य आफ्नो स्वार्थ पुरा गर्नुछ तिनीहरुको भयंकर जित भएको छ तर यो काण्डमा सबैभन्दा बढि घाटा कसैलाई हुदैछ भने त्यो व्यासका नगर प्रमुख बैकुण्ठ न्यौपाने हुदैछ जो दोश्रो कार्यकाल मेयरमा विजयी भएर अमिट छाप छोड्ने काम गर्दै आफ्नो राजनीतिक क्यारियर अगाडि बढाउन चाहनुभएको छ ।

हालसालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहूँ क्षेत्र नं. १ बाट बिजयी भएपश्चात नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भनाई थियो अब पौडेलदाई अर्को पटकको चुनावमा उठ्न उमेरले पनि साथ दिदैन, शंकर भण्डारी क्षेत्र नं २ मा जानुभयो, प्रदिप पौडेल काठमाण्डौमा, गोविन्द भट्टराई संगठन निर्माणमा खट्न नसक्ने नेता पर्नुभयो अब क्षेत्र नं. १ को नेता निविकल्प बैकुण्ठ न्यौपाने नै हो। हुन पनि व्यास नगरपालिकाको २/२ कार्यकाल मेयर भईसकेपछि न्यौपाने त्यसको दावेदार हुनेमा कहि कतै शंका थिएन तर केहि स्वार्थप्रेरित व्यक्ति तथा समुहहरुले न्यौपानेको बाटोमा रोडा बिछ्याउने काम गरिरहेका छन् जस्को पछिल्लो कडिको रुपमा बिहिवारको काण्डलाई लिन सकिन्छ ।

ति स्वार्थप्रेरित व्यक्तिहरु जो नागिला कार्यालयमा हाजिर हुनासाथ नै विरोध गरिरहेका थिए उनीहरुको भित्री स्वार्थ थियो यो हाकिम बसिरह्यो भने नगरप्रमुख र हाकिमको मिलेमतोले गर्दा आफ्नो स्वार्थ पुर्ति हुन सक्दैन त्यसैले हाकिमको कहाँ मानविय गल्ती फेला पार्न सकिन्छ भनेर गौडा गौडामा कुरेर कम्मर कसेर लागेका थिए । न त यतिका बर्षसम्म पनि नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि कुनै कर्मचारीले सामुहिकरुपमा नगरप्रमुखलाई निवेदन दिएको रेकर्ड छ , न त बेरुजुले देशभरमै रेर्कड राखिरहदा हामी काम गरेको कार्यालयको बेरुजु काण्डले गर्दा सारै बदनामी भयो बेरुजु कम गर्ने तर्फ नगरप्रमुखले एक्शन लिनुपर्यो भनेर कुनै कर्मचारी नगरप्रमुखलाई सुस्तरी पनि सल्लाह दिएको रेर्कड भेटिएको छ ? नगरपालिकामा सेवा सुविधा वा भुक्तानी लिन गएको व्यक्ति होस् वा समुह नरोएको शायदै भेटिएला ! जनताले तिरेको राजश्वबाट हामीले तलब खाएका छौ ति जनतालाई सहजपुर्ण तरिकाबाट सेवा प्रवाह गरौ र उदाहरणिय काम गरौ भनेर नगरप्रमुखलाई कुन कर्मचारीले सल्लाह दिएको कहिले कहाँ भेटिएको छ र ?

नगरपालिकाका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जोड दिदै, नियम कानुन पालनामा जोड दिदै, केहि बर्ष अगाडि निर्माण सम्पन्न हाल नगरपालिकाका कार्यालय रहेको भवन कोठा कोठामा चर्केको छ, कोठामा पानी रसाउने भएको छ , लाखौ करौडौ खर्च गरेर रंगरोगन गरिएको कार्यालयको अवस्था विरुप भएको छ , बनाएको लिफ्ट एक तला पुर्नु परेको छ , बाँकि लिफ्टमा पानी परेको बेला पानी चुहिन्छ, ‘‘कार्यालयको ग्राउण्ड फ्लोर गाडी पार्किगंको लागि बनाईएको हो कि माछा पाल्न बनाईएको पोखरी हो त्यस्को खोजिनीति गरौ सर ” भनेर नगरप्रमुखलाई कसैले पत्र लेख्ने त पर जावोस् कोहि कर्मचारी चुक्क बोल्ने कोशिश पनि गर्दैनन् ।

यतिबेला ”तारासगैं जुन” काण्डलाई सम्झनुपर्ने हुन्छ जुन काण्डले व्यास नगरलाई धेरै आलोचित बनायो जस्कोे सबै दोष नगरप्रमुखको थाप्लोमा थोपरियो । एक कार्यक्रममा नगरप्रमुख न्यौपानेले भन्नुभएको थियो ”मलाई त नगरसभामा के के खानेकुरा छ थाहै भएन , फेरि कर्मचारीहरुले गरेको व्यवस्थापनमा छुचो भएर यो राख् त्यो राख, कहाँ फ्लेक्स टाँसेको छ भन्दै हिड्ने कुरा पनि भएन, मैले सारै माईक्रो रुपमा नियाल्दै खोट लगाउदै हिड्नुपनि त उचित हुदैन्थ्यो कि ? तर असावधानीले गर्दा फसियो ।”

जिल्लाका सबै नेताहरुले माथिल्लो स्थान बनाईसकेको बेला ”क्षेत्र नं. १ मा पौडेलदाईको उत्तराधिकारी मै हो” भनेर बैकुण्ठ न्यौपानेले भनेर काम गरेर देखाउने बेलामा यो किसिमको भाँडभैलो ? स्वार्थप्रेरित समुहले एकतिर दुई शिकार गरेको धेरैले चित्रण गरेका छन् पहिलो बैकुण्ठ न्यौपानेलाई असफल पारेर राजनीतिमा धक्का दिन पाईने भयो दोश्रो व्यासलाई फेरि अस्तव्यस्त बनाउन पाईने भयो नत्र केन्द्रदेखि प्रदेशसम्म बैकुण्ठ न्यौपाने अनुकुल सरकार नभएको, अघिल्ला ट्रयाक रेकर्ड नराम्रो नभएका व्यास नगरपालिकाकै वासिन्दा प्रमुख प्रशासकिय अधिकृत नागिलालाई त्यति असहजपूर्ण तरिकाले विदाई गर्न खोज्नु पक्कै पनि बैकुण्ठ न्यौपानेको पार्टीभित्रका र बाहिरका ति स्वार्थ समुह जो उहाँलाई असफल बनाउन चाहन्छन् नत्र एउटा हाकिम जस्तोसुकै नराम्रो काम गरेको भएपनि गोप्यरुपमा आपसी सहमतिमा बिदाई गरेको भए उचित देखिनसक्थ्यो । जुन मनसायले कर्मचारीहरुप्रति मानविय व्यवहार देखाएनन् भन्ने आरोप लागेका हाकिमले प्रयोग गरिरहेको गाडिको साँचो खोसेर बिरामी हाकिमलाई माईक्रो चढेर काठमाण्डौ जान बाध्य पारियो, हामी नै हौ सरकार भनेर राष्ट्रसेवक कर्मचारीको नेमप्लेट झिकेर फ्याँकियो र पुनः हडबडाउदै राखियो, भित्र प्रवेश गर्न नपाउन् भनेर कार्यकक्षमा तालावन्दी गरियो ति दृश्यहरुले नगरपालिका र नगरप्रमुखलाई असफल बनाउन स्वार्थ समुह सल्बलाएको कुरा बुझ्न धेरै दिमाग खियाउनु नै पर्दैन ।

(नगरपालिका भवनको लिफ्ट जुन निर्माण गरेको केहि बर्षपछि पानी जम्ने भएको कारणले बन्द गरिएको छ ।)
(लिफ्टमा पानी रसाउने गरेको छ ।)
(अन्डरग्राउण्डमा पानी जम्दछ भने पानी निकासाको कुनै व्यवस्था गरिएको छैन ।)
(नगरपालिकाको लगानीमा खोलाको तिरमा निर्माण गरिएको रातो भवन)

(कोठा कोठामा पानी रसाएको भेटिन्छ ।)
(नगरपालिकाको कार्यालय नजिकै रहेको नाली)
(व्यास नगरपालिकाबाट अतिक्रमित सावर्जनिक जग्गा खाली गराईएको थियो केहि समयपश्चात उक्त जग्गाको निस्स्सा नगरपालिकाको नेतृत्वमा वितरण गरिएको थियो ।)
(लाखौ खर्च गरेर निर्माण गरिएको स्थानिय कृषक उत्पादन बिक्री केन्द्र बर्षौदेखि प्रयोग विहिन बनेको छ ।)
(टेको)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्