प्रचण्ड मन्त्रीपरिषदमा १५ नयाँ अनुहार (मन्त्रीहरूको वरियता र कार्य विभाजन सूचीसहित)

  • ख-
  • ख+

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी रहँदा २३ जना मन्त्री र राज्यमन्त्रीले शपथग्रहणसँगै कार्य विभाजन समेत पाएका छन् ।

प्रचण्ड क्याबिनेटका २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् । प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ हुन् ।

त्यस्तै मन्त्रीहरूमा माओवादी केन्द्रबाट रेखा शर्माबाहेक अरू नयाँ हुन् ।

एमालेबाट दामोदर भण्डारी,ज्वाला कुमारी साह र भगवती चौधरीबाहेक अरू नयाँ हुन् ।

राष्ट्रपति कार्यालयले मन्त्रीहरूको कार्य विभाजन र वरियता समेत यस प्रकार तोकेको छ ।
१. प्रधानमन्त्री – पुष्पकमल दाहाल
२. उपप्रधानमन्त्री तथा अर्थमन्त्री – बिष्णु पौडेल
३. उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार – नारायणकाजी श्रेष्ठ
४. उपप्रधानमन्त्री तथा गृहमन्त्री – रवि लामिछाने
५. उपप्रधानमन्त्री तथा उर्जा – राजेन्द्र लिगंदेन
६. उर्जा मन्त्री – रेखा शर्मा
७. शहरी विकास मन्त्री – बिक्रम पाण्डे
८. कृषि मन्त्री – ज्वालाकुमारी शाह
९. उद्योग वाणिज्य मन्त्री – दामोदर भण्डारी
१०. भुमि व्यवस्था सहकारी मन्त्री – राजेन्द्र राई
११. खानेपानी तथा सरसफाई मन्त्री – अब्दुल खाँन
१२. परराष्ट्र मन्त्री – डा. बिमला राई पौडेल
१३. स्वास्थ्य तथा जनसंख्या मन्त्री – पदम गिरी
१४. महिला बालबालिका मन्त्री – भगवति चौधरी

१५. रक्षा मन्त्री – हरि उप्रति
१६. संस्कृति, पर्यटन मन्त्री – सुदन किराँती
१७. संघिय मामिला मन्त्री – अमनलाल मोदी
१८. शिक्षा विज्ञान तथा प्रविधि मन्त्री – शिशिर खनाल
१९. श्रम ताथ रोजगार – डिपि अर्याल
२०. कानुन तथा न्याय – धुर्वबहादुर प्रधान

राज्यमन्त्रीहरु

२१. पर्यटन राज्यमन्त्री – शुसिला श्रीपाली ठकुरी
२२. स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री – डा. तोसिमा कार्की
२३. उर्जा राज्यमन्त्री – दिपक बहादुर सिंह

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?