थर्पुको जनसेवा सहकारी संस्थाको भवन शिलन्यास

  • ख-
  • ख+

तनहूँ । म्याग्दे गाँउपालिकाको वडा न. ४, थर्पुमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको आफनै भवन निर्माणको शिलन्यास भएको छ । म्याग्दे गाँउपालिका र जनसेवा सहकारी संस्थाको लागत सहभागितमा वन्ने भवनको शिलन्यास गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गर्नुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा वहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, संस्थापक अध्यक्ष निल वहादुर थापाले धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहकारीले कृषि तथा उत्पादनको क्षेत्रमा ठुलो योगदान दिएको वताउनुभयो । सहकारीले विभिन्न चरणमा विभिन्न कृषि मेला गर्दे आईरहेकोले पनि यसले आफनो जिम्मेवारी वहन गरेको पुष्टि भएको वताए । सहकारीले आफनो उद्येश्य अनुरुप काम गर्नुपर्ने हुदाँ सहकारीको माध्यामवाट उत्पादन, कृषि र रोजगारीलाई जोडन सकिएमा आत्मनिर्भर र समृद्ध वन्न सकिने वताउनुभयो । सहकारीले गर्दे आएको योगदान र कार्यक्रमलाई दृष्टिगत गरेर नै यसलाई सवैको अपनत्व वनाउन, कृषकलाई प्रोत्साहन गर्न र उत्पादित वस्तुको वजारीकरणलाई ध्यान दिएर पालिकाले भवनको लागत सहभागितामा सहयोग गरेको वताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि यसले थप आम स्थानिय जनतामा गुणस्तरीय सेवा दिने कुरामा विश्वस्त छु, अध्यक्ष श्रेष्ठले भने ।
यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सहकारीको माध्यामवाट समाजलाई एकीकृत वनाउन सकिने वताउनुभयो । सहकार्य र सहकारी नै समाज परिवर्तनको साधन भएको हँुदाँ अगामी दिनमा झन यसको दायरा फराकिलो वनाएर कृषि र उत्पादनमा जोड्न प्रेरित गर्नुपर्ने वताए । स्थानिय स्तरमा उत्पादित वस्तुको वजारीकरण, कृषिम जोड, उत्पादन र कृषकलाई प्रोत्साहनमा यो सहकारीले महत्वपुर्ण भुमिका खेलेको छ । अवको दिनमा व्यवसायिक कृषिमा जोड दिनुपर्दछ, उपाध्यक्ष घिमिरेले वताउनुभयो ।
संस्थाको संस्थापक अध्यक्ष निल वहादुर थापाले संस्था यहाँ सम्म आईपुग्न सवैको साथ र सहयोग रहेको हुदाँ अगामी दिनमा थप परिस्कृत भएर काम गर्नुपर्ने वताउनुभयो । २०३४ सालमा स्थापित भएको सहकारीले कृषिमा आधारित भएर काम गर्दे आईरहेको संस्थाको अध्यक्ष दुर्गा वहादुर अधिकारीले वताउनुभयो । ६२० जना शेयर सदस्य रहेको सहकारी संस्थाले कृषिलाई प्राथमिकता दिएर वचत तथा ऋणको कारोवार पनि गर्दे आईरहेको छ ।
१ रोपनी जग्गाको क्षेत्रफलमा वन्ने भवनको २० लाख स्टमेट रहेकोमा ५० प्रतिशत म्याग्दे गाँउपालिका र ५० प्रतिशत सहकारीको लागत सहभागितमा निर्माण हुनेछ । सहकारीले हाल रसायनिक मल विक्री वितरण गरि स्थानिय समुदायलाई सेवा दिईरहेको छ । संस्थाका सचिव जितराज रानाले संचालन गरेको कार्यक्रममा समाजका प्रभुत्व तथा वौद्धिक व्य्िक्त, समाजिक अगुवा लगायत स्थानिय जनताको सहभागिता रहेको थियो । आर्थिक वर्ष ०७९।०८० को वजेट वाट निर्माण गरिएको भवन ०८० असार मसान्तभित्र भवन निर्माण सक्ने संस्थाले लक्ष्य लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?