कविताः म अभागी पुरूष

  • ख-
  • ख+

प्रकृति खनाल / लाग्ने गर्छ, कहिलेकाहीँ आत्मदाह गरिदिहुँ !
नामर्दको ट्यागबाट टाढा -टाढा सरिदिउँ !
दाजुभाइको तुलनामा निर्दो भनि पेल्ने गर्छन् !
हुँदा खाने म निर्दोषलाई फुर्काएर झेल्ने गर्छन् !!
परिस्थिति लुकाएर, हाँस्न खोज्छु आडम्बर !
यस्तै पिरले सताउछ, के गरौं खै बारम्बार !!
बाच्न अनि जीवन धान्न ऋण काड्ने वानी पर्यो !
माग्छ साहुँले पैसा जव आँखाबाट आँसु झर्यो !!
संस्कार धान्ने विकृतिले सोझोपनलाई नङ्ग्याउने !
कस्तो चलन बसेछ खैर ? निमुखालाई दङ्ग्याउने !
स्वास्नी भन्छे, नाक, कान रित्यै तिमीले देख्याछैनौं !
बच्चा भन्छन् ,हाम्रो जीवन तिमीले, लेख्यांछैनौं !!
गरिबीको कित्ता आउदा ,आमा बा नी घाती हुने !
सहि कुरा बोल्यें पनि उनकै कुरा माथि हुने !!
फलानाका घर, गाडी, साथिभाइ , तौलदै छन् !
हेप्ने मान्छे अनगिन्ती घरघरमा मौलाउदैछन् !!
स्वास्नी रूदै भन्छे फेरि, तिम्रो कारण मलाई हेप्छन् !
पाप धर्म, उच नीच अपराधको हिलो छेप्छन् !!
आफन्त नै शत्रु भए, सहयोग हैन दवाव दिन्छन् !
परिस्थिति बुझ्नु छैन, दानी, लोभि, भनी चिन्छन् !!
परिस्थिति टाढा राख्दै दवाउछु इच्छाशक्ति !
धेरै गर्न सक्छन् मान्छे मनको होइन, धनको भक्ति !!
आजभोलि कताकता बटुवा पो आफ्नो लाग्छ !
सपनीका रहरहरू बिहानी टाढा भाग्छ !!
कोहि छैन गरिबीमा हात अनि साथ दिने !
सबै यहाँ चोटसँगै अनगिन्ती लात दिने !!
आफन्तलाई फुर्सद छैन सुन्न पिरका मात्राहरू !
निर्दो भई जीवन जिउँदा झनै कठिन यात्राहरू !!
झिटी झाम्टो बेच्दै पनि संस्कार धान्न पर्छ यहाँ !
परिस्थिति सम्झदा त कति आँसु झर्छ यहाँ !!
मर्द रून हुदैन रे, आँसु फेरि लुकाउछु !
गल्ती शून्य तर पनि शीर, मेरै झुकाउछु !!
लाग्ने गर्छ, कहिलेकाहीँ आत्मदाह गरिदिहुँ !
नामर्दको ट्यागबाट टाढा -टाढा सरिदिउँ !
लाग्ने गर्छ, कहिलेकाहीँ आत्मादाह गरिदिहुँ !
नामर्दको ट्यागबाट टाढा -टाढा सरिदिउँ !!!

(प्रकृति खनाल ,तनहूँ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्