तनहूँ । विवादै विवादको भुमरीमा परेको व्यास नगरपालिकाका कर्मचारीहरु प्रमुख प्रशासकिय अधिकृत (हाकिम) सरुवा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका हुन् । हाकिमले आफुहरुलाई नराम्रो व्यवहार गरेको आरोप लगाएका कर्मचारी नेताहरु व्यासका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई अन्यत्र सरुवा गरिदिन आग्रह गर्दै गत बुधवार मन्त्रालय पुगेका हुन् । हाकिमलाई सरुवा गर्न आग्रह गर्दै आर्थिक पुर्वाधार बिकास शाखाका वरिष्ठ अधिकृत राजेन्द्र कार्की र समाज कल्याण शाखाका वरिष्ठ अधिकृत कृष्णराज घिमिरे मन्त्रलायमा पुगेको मन्त्रालय श्रोतले बताएको छ ।
निज कार्की र घिमिरे मन्त्रालयमा पुग्दा आफ्नो काम बिशेषले पुग्नुभएका नेकपा माओवादीका नेताहरु पनि मन्त्रालयमा नै उपस्थित रहनुभएको थियो । ”के तपाई पनि प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको सरुवाको लागि मन्त्रालय जानुभएको हो ? ” भनि उक्त समय मन्त्रालयमा उपस्थित रहनुभएका माओवादीका नेता राजेन्द्रकेशरी न्यौपानेसग प्रश्न गर्दा न्यौपाने ”म आफ्नै काम बिशेषले त्यहाँ रहदाँ कर्मचारीहरु राजेन्द्र कार्की र कृष्णराज घिमिरेसग भेट भएको थियो । के कति कामले आउनुभयो भनेर सोध्दा कर्मचारीले हाकिम सरुवाको लागि आग्रह गर्न आएको” बताएको न्यौपानेको भनाई छ ।

”विगतका हाकिमहरुले पनि व्यास नगरपालिकाका कर्मचारीहरुसग काम गर्न गारो भईरहेको अनुभव सुनाएको हुनाले कर्मचारीको एकतर्फि कुरा सुनेर आफु र आफ्नो पार्टीले कसैलाई साथ दिन नसक्ने साथै हाम्रो सरुवा बढुवामा आफ्नो केहि ईन्ट्रेष्ट् नभएको” न्यौपानेले भनाई रहेको छ । ”व्यासमा अथाह बेथिति भएको कुरामा कुनै दुई मत छैन तर हाम्रो साथ पोजिटिभ काम गर्नेलाई हुन्छ ” न्यौपानको अगाडि भनाई छ ।

गत पौष २१ गते व्यास नगरपालिकामा कार्यरत अधिकांश कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई सरुवा गर्न माग गर्दै व्यासका प्रमुख बैकुण्ठ न्यौपानेलाई निवेदन दिनुका साथै प्रमुख प्रशासकिय अधिकृत नागिलाको कार्यकक्षको नेमप्लेट झिकर फ्याँक्ने पछि राख्ने, कार्यकक्षमा तालावन्दि गर्ने, आफुलाई बिरामी बताएका नागिलाले प्रयोग गर्ने गरेको गाडिको साँचो नदिने लगायतका कार्यहरु गरेका थिए भने तत्पश्चात प्रमुख प्रशासकिय अधिकृत नागिला बिदामा बसेका थिए । लगत्तै पौष २८ गते को व्यास नगरपालिकाको ३८ औं नगरसभामा उपस्थित भएका नागिलासग कर्मचारीहरु काम गर्न आनकानी गरेपछि जनप्रतिनिधिहरुले ”कर्मचारीलाई आफुहरुले सम्झाउने” बताउदै केहि दिन विदामा बस्न आग्रह गरेपछि नागिला माघ १२ गतेबाट बिदामा बसेका छन् ।
प्रमुख प्रशासकिय अधिकृतको सरुवामा जनप्रतिनिधिले चासो दिनुपर्नेमा कर्मचारीहरु पुग्नुलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राम्रो संस्कारको रुपमा नलिएको मन्त्रालय श्रोतले बताएको छ । ”मन्त्रीज्यु हतारमा हुनुहुथ्यो आउने कर्मचारीहरुले आफ्नो कुरा राख्नुभयो तर यस्लाई राम्रो संस्कारको रुपमा लिनुभएको छैन” मन्त्रलायका एक उपसचिवले बताउनुभएको छ । ”काम गर्न पठाएको प्रमुख प्रशासकिय अधिकृतले के गल्ती गर्यो त्यसको छानविन नभईकन पटक पटक विवादित बनेका नगरपालिकाका कर्मचारीहरु हाकिम सरुवा गरिदिनुपर्यो भनेर डेलिगेशन आउने हो भने महिना महिनामा हाकिमको सरुवा गरिरहनुपर्छ के त्यो सम्भव छ ? ” उहाँको भनाई छ ।
प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गर्नको लागि जनप्रतिनिधिहरु मन्त्रालय जानुमा ‘‘नागिलाले पछिल्लो समय अख्तियार गरेको नीतिले सार्वजनिक सुनुवाईमा पछिल्ला बर्षहरुमा हुने गरेको १ लाख ५० हजार रुपैयाको काम यो बर्ष ५० हजारमा मात्र सम्पन्न हुनु , २० लाख भन्दा बढि रकममा गरि संचालन गरिने व्यासनगर अल्ट्रा म्याराथन ६ लाख रुपैयामा नै सम्पन्न हुनु, अघिल्ला बर्षहरुमा देखिएका करोडौका बेरुजुहरु लाखौमा झार्न नागिलाले प्रयत्न गर्नुले पनि कर्मचारीहरु नागिलालाई सरुवा नगरि नहुने अवस्थामा पुगेको” नाम नछाप्ने सर्तमा व्यास नगरपालिकाकै एक कर्मचारीले बताएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 985 Viewed

प्रतिक्रिया दिनुहोस्