तनहूँ । तनहूँको व्यास नगरपालिकामा पुष २१ गतेदेखि देखिएको प्रमुख प्रशासकिय अधिकृतको विवाद नयाँ चरमा प्रवेश गर्ने सम्भावना बढेको छ । उक्त कुराको जानकारी तनहूँ क्षेत्र नं. १ का निवर्तमान् सांसद एवं पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले दिनुभएको छ । उहाँले ”बेथिति, भ्रष्टाचारको चरम नमुना बनेको व्यास नगरपालिकाका कर्मचारीले जुन मनसायबाट प्रमुख प्रशासकिय अधिकृत विरुद्ध एकजुट भए त्यस्को अब आफुले संसदमा आवाज उठाउने” बताउनुभएको छ ।
”प्रमुख प्रशासकिय अधिकृतले नचाँहिदो काम गरिरहेको छ भने त्यहि बसेर हल गर्नुपर्छ, कर्मचारीहरु मिलेर नेमप्लेट झिकेर फ्याँकने, यो हाकिमलाई सरुवा गरिदिनुपर्यो भनेर नेता नेताको मन्त्रीको घरदैलो चाहार्ने किन गर्नुपर्यो ? हाकिमले बेरुँजु घटाउन पहल थाल्यो भनेर कि ? नगरपालिकामा हुने गरेका अनावश्यक खर्च कटौति गर्यो भनेर ? हाकिममा समस्या छ भने जनप्रतिनिधिहरुसग बसेर पहिला सल्लाह गर्ने हो बर्षौदेखि हामीले राज गरेको हामी नै हो सर्वेसर्वा भन्ने त होईन नि !” पुर्वमन्त्री श्रेष्ठको भनाई छ ।
त्यसैगरि पुर्वमन्त्री श्रेष्ठले ”व्यास नगरपालिकामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मौनताले पनि नजाँनिदो किसिमबाट बेथिति र भ्रष्टाचारलाई साथ दिएको बताउनुका साथै आफ्नो पार्टी नेकपा एस् बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले आफुले बैठकमा जति नै कुरा उठाउदा कसैले पनि नसुनेको” बताएको बताउनुभएको छ ।
पुर्वमन्त्री श्रेष्ठ व्यास नगरपालिकामा देखिएको विवादको बारेमा विहिवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई भेट्न जानुभएको बताउनुभएको छ । उक्त अवसरमा मन्त्री मोदीले ”तनहूँका ठुउउउला ठुला नेताहरु देखि मन्त्रीज्यूको पार्टी नेकपा माओवादी केन्द्रका नेताहरु समेत प्रमुख प्रशासकिय अधिकृत सरुवाको लागि तारन्तार आएको” बताउनुभएको पनि श्रेष्ठको भनाई छ । तर ”त्यहाँको सत्यतथ्य नबुझिकन, त्यहाँ जनताको भावना नबुझिकन कुनै अप्रिय निर्णय नलिन आफुले मन्त्रीलाई आग्रह गरेको” पुर्वमन्त्री श्रेष्ठको भनाई छ साथै ”२, २ महिनादेखि व्यासमा सर्वसाधाररणले दुःख पाईरहदा जनप्रतिनिधिहरु तथा त्यस क्षेत्र वा जिल्लाबाट जनप्रतिनिधिहरुले जनतासग हामी यहि हाकिम राख्छौ भन्ने कर्मचारीहरुसग छिट्टै सरुवा गरिदिई हाल्छौ भनेर दोहोरो कुरा त्यो पनि लुकिलुकि गरेको देखेर अचम्म लागेको” पनि बताउनुभएको छ ।
व्यासमा १ सय २२ जनामध्ये ११७ जना कर्मचारीले ”प्रमुख प्रशासकिय अधिकृतबाट आफुमाथि दुर्व्यवहार भएको” भनि सरुवाको लागि नगरप्रमुखलाई निवेदन दिनुका साथै हाकिमलाई सरुवा गर्न मन्त्रालयदेखि विभिन्न शक्तिकेन्द्र धाईरहेका छन् भने ”आफुले समयमा कार्यालय आउनुपर्ने, अफिस ड्रेस लगाउनुपर्ने लगायतका नियम पालना गर्नुका साथै सुधारका कामहरु अगाडि बढाउन लाग्दा कर्मचारीले असहयोग गरेको” प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको आरोप छ ।
पुष २१ गतेबाट बाहिरिएको विवाद आजसम्म साम्य भएको छैन भने प्रमुख प्रशासकिय अधिकृतको अनुपस्थितिले नगरपालिकाको सम्पूर्ण कामकारवाही प्रभावित बनेको छ ।








