तनहूँ । तनहूँमा संचालनमा रहेको तनहूँ दुग्ध उत्पादक सहकारी संघ लि.ले किसानहरुले दुधको उचित मुल्य नपाएको भन्दै दुधको मुल्य बढाउन सरकारसग माग गरेको छ । संस्थाका अध्यक्ष अम्बर बहादुर कुवरले आज एक पत्रकार सममेलनको आयोजना गर्दै किसानहरु सारै मर्कामा परेको हुनाले सरकार लचिलो बनेर किसानलाई बचाउने काममा लाग्नुपर्ने बताउनुभएको थियो ।
जिल्लामा रहेका १५ वटा संकलन केन्द्रबाट बार्षिक १७ हजार लिटर दुधको कारोवार भएपनि किसानले लागतभन्दा ज्यादै कम मुल्यमा बजारमा बिक्री गर्नुपरेको हुनाले किसानहरु विस्थापित भईरहेकोले किसानलाई विस्थापित हुनबाट बचाउन सरकारले मुल्यवुद्धिमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
संघका सल्लाहकार संयोजक तुलसीराम सापकोटाले दाना, चोकर , कृषि मजदुरको तलब लगातार बढेपनि किसानले दुधको मुल्य नपाएकोले किसानको मर्का बुझ्नुपर्ने बताउनुभएको थियो । कि त सरकारले किसानको लागत मुल्य घटाउन किसानलाई अनुदान दिन पहल गर्नुपर्ने कि त दुधको मुल्य बढाउनुपर्ने सापकोटाको भनाई रहेको थियो ।
संघका व्यवस्थापक राजु भुजेलले संचालन गरेको कार्यक्रममा फागुन १ गतेसम्म सरकारले किसानको माग सम्बोधन गरि दुधको मुल्य वृद्धि नगरे संघले नयाँ मुल्यदर तोक्ने पनि निर्णय भएको बताईएको थियो ।








