(मानव कंगाल संकलन गर्दै जिल्ला प्रहरी कार्यलय तनहूँको टोली)
तनहूँ । व्यास नगरपालिका वडा नं. १० र वडा नं. ११ को सिमाना दुम्सिचौर नारेश्वर ताल नजिकै महिलाको कंकाल भेटिएको छ । हिजो बेलुकातिर बाख्रा हेर्न जाने गोठाला पिसाव गर्नकको लागि खोलाको तिरमा जाँदा खोलाको तिरमा व्यास ११ पट्टीको साईडमा उक्त कंकाल देखेका थिए । विज्ञान प्रयोगशालामा राखिने जस्तो मान्छेको टाउको देखिएपछि गाउँलले प्रहरी खबर गरेपछि जिल्ला प्रहरी कार्यलयका प्रमुख अबदेश बिष्ट क्षेत्रीको टोली उक्त स्थानमा पुगेको हो ।
प्रहरी टोलीले माथीको ९ वटा दाँत भएको खप्पर, केहि माथिबाट शरिरका हातखुट्टा र नजिकैको स्थानबाट शरिरका करंग संकलन गरेको छ । नजिकै महिलाले लगाउने सारी, पेटिकोट र सारीसगै महिलाको कपाल पनि नकुहिएको अवस्थामा फेला परेको उक्त स्थानमा खटिनुभएका ईन्स्पेक्टर नरहरि अधिकारीले बताउनुभएको छ ।
अहिले अनुमान गर्न त गर्न सकिदैन तर कंगालको प्रकृति हेर्दा ३०, ३५ बर्षको महिला भएको र ५, ६ महिना अगाडि घटनाको हुनसक्ने अधिकारीको भनाई रहेको छ । थप अनुसन्धानको लागि कंकाल संकलन गरिएको ईन्स्पेक्टर अधिकारीले बताउनुभएको छ ।








