तनहूँको बन्दीपुरमा ८४ वर्षकी वृद्धा हत्याको आरोपमा छोराबुहारी पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँको बन्दीपुरमा ८४ वर्षकी वृद्धाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।

बन्दीपुर गाउँपालिका ३ शेराटारमा ८४ वर्षकी माया सर्किनीको हत्या आरोपमा छोरा ४७ वर्षका राज कुमार सार्की र बुहारी ३५ वर्षकी सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।
सोमबार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा प्रहरीले मायाको शव भेटेको थियो । गोठमा शव जलाउने क्रममा वस्तुभाउ पनि मरेको छ ।

तनहुँका प्रहरी प्रमुख एसपी अवदेश बिष्ट क्षेत्रीले प्रारम्भिक अनुसन्धानमा छोरा बुहारी मिलेर हत्या गरेको देखिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?