मर्स्याङ्दी नदिमा आँबुखैरेनी ३ का मदन घिमिरेको शव भेटियो

  • ख-
  • ख+

तनहूँ । तनहूँ आँबुखैरेनीको मर्स्याङ्दी नदीमा करिब ४० मिटर तल डुबिरहेको अवस्थामा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ बिचबजारका मदन घिमिरे मृत भेटिएका छन् । आँबुखैरेनी ३ बिच बजार बस्ने ३६ बर्षिय घिमिरे घरमा कसैलाई जानकारी नगराई ग २३ प २१३८ नं को स्कुटरमा सवार भई निस्केको र हालसम्म सम्पर्कमा नआएको हुँदा खोजतलास गर्दा घिमिरेलाई मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभएको छ ।
निज घिमिरे सम्पर्कविहिन भएपश्चात निजकी श्रीमती सुनिता लामाले ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहूँमा निबेदनको आधारमा घिमिरेको खोजतलास गर्दा घिमिरेको स्कुटर वडा नं. ४ डम्पिङमा पार्किङ गरी राखेको अवस्थामा फेला परेको थियो । स्कुटर फेला परेपश्चात निजको खोजतलासको लागी गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा पोखराबाट तालिम प्राप्त कुकुर झिकाई खोजतलास गर्दा निज फेला नपरेकोले थप खोजतलासको लागी फागुन १६ गते ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहूँबाट खटिएको प्रहरी टोली र शसस्त्र प्रहरी बल बिपत व्यस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट आएका गोताखोर टोली समेतले खोजतलास गर्दा घिमिरिेको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभएको छ ।

मर्स्याङ्दी नदीको करिब ४० मिटर तल गहिराईमा डुबिरहेको अवस्थामा फेला परेको मृत शव नदीबाट निकालि उक्त घटना सम्बन्धमा थप अनुसन्धान पनि भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभएको छ । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?