तनहूँ । देश यतिबेला नेपाल शिक्षक संघको चुनावले रंगिएको छ । तनहूँको दमौलीमा पनि जिल्लाकै शिक्षकहरुको सबैभन्दा ठुलो संगठन नेपाल शिक्षक संघको चुनावको चहल पहल निकै बढेको छ । फागुन २४ गते हुने निर्वाचनको लागि शिक्षकसेवामा लामो समय बिताउनुभएका शिक्षक नेताहरुदेखि छोटो समयमा नै शिक्षकका माग र मुद्धाहरुलाई राष्ट्रियकरण गर्ने देखि शिक्षकहरुको हकहितको लागि तन, मन र धनले सहयोग गर्ने व्यक्तिहरुले पनि नेतृत्वमा जाने आकांक्षा राख्नुभएको छ । तिनै अध्यक्षका आकांक्षी मध्ये एक हुनुहुन्छ रमेशबाबु भट्टराई । तिनै भट्टराई जो नेपाल शिक्षक संघ तनहूँको अध्यक्ष पदको दावेदार हुनुहुन्छ उर्हाँसग गरिएको कुराकानीः
प्रश्नः भट्टराईसर तपाईलाई कत्तिको लागेको छ नेपाल शिक्षक संघको निर्वाचन ?
निर्वाचन कत्तिको लागेको भन्दा पनि म नेपाल शिक्षक संघ तनहूँको अध्यक्ष भएर धेरै कामहरु गर्नुपर्ने देखेको छु त्यसैले पनि चुनाव लाग्नेभन्दा पनि काम गर्न अत्यन्त्यै आतुर छु । शिक्षक साथीहरुका थुप्रै समस्याहरु छन् ति समस्याहरु म औपचारिक रुपमा पदमा पुगेभने बुलन्दरुपमा उठाउन पाउनेछु भनेर चुनाव र भेटघाटमा केन्द्रीत छु ।
प्रश्नः तनहूँका शिक्षकहरुका के के पाउनुहुन्छ समस्याहरु ?
तनहूँका मात्र होईन देशभरका शिक्षकहरुका अनगिन्ति समस्याहरु छन् । आर्थिकरुपमा सवल बनाउने तलब सुविधा छैन । हामी पनि त शिक्षित बर्गका हौ हामीलाई अरु सरकारी कर्मचारी सरह सम्मान तथा प्रतिष्ठा छैन । शिक्षक तथा तिनमा आश्रित परिवारको औषधी उपचारको समस्या सधै देखिईरहेको छ । अस्थायी करार, निजी श्रोतका शिक्षकहरुका समस्याहरु सुन्ने धेरै जना हुनुहुन्छ तर समाधान गर्नेतर्फ कसैले पाईला चालेको पाईदैन । ज्ञानको ज्याति बाड्ने गुरुहरु बत्ति मुनिको अध्यारो जसरी बस्नुपरेको छ । हामी शिक्षकहरु सयौ लाखौ बिद्यार्थीहरु उत्पादन गर्छौ डाक्टर, इन्जिनियर बनाउछौ तर हाम्रो जिवनस्तरको बारेमा कहिल्यै कुनै सरकारले सोचेको छैन । कुनै शिक्षकले जिवनभर काम गरेर पनि भवितव्य केहि परेर रोग लाग्यो भने कसरी बाँच्ने कसरी उपचार गर्न नसकेकर बडो गारो अवस्थाबाट गुजिनु परेको कयौ शिक्षक साथीहरु तनहूँमा मात्र होईन कि देशभर नै हुनुहुन्छ । ति समस्याहरुलाई सम्बोधन गर्न कुरा गर्ने मात्र होईन एक्शनमा जान सक्ने नेतृत्व आजको आवश्यकता रहेको छ र म तनहूँका अध्यक्षको उमेदवार बनेको छु ।
प्रश्नः प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आईसक्दा पनि शिक्षकहरुका समस्याहरु कसैले समाधान नगरेका हुन् त ?
केहि समस्याहरु त समाधान भए तर हुनुपर्ने हिसाबमा समाधान भईरहेका छैनन् । म नेतृत्वलाई दोष त दिन्न तर हुनुपर्ने काम किन यत्रो बर्षसम्म पनि भएनन् त्यहि आवाज बुलन्द गर्न पनि रमेशबाबु भट्टराई खोेजेको मैले सोचेको छु ।
प्रश्नः शिक्षकहरु आफ्नो काम भन्दा राजनीतिमा बढि व्यस्त भएको कारणले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सारै कमजोर छ नि यसबोरेमा के भन्नुहुन्छ यहाँले ?
अवश्य पनि शिक्षक चेतनशिल प्राणी र शिक्षित प्राणी भएको कारणले राजनीतमा बढि संलग्न भएको छ भनेर समाजले भनेको होला त्यो कुरामा आंशिक सत्यता होला तर शिक्षकहरुको हकहितमा काम हुने भएपनि त्यो आफै घटेर जाने कुरा नर्कान सकिदैन । समाजलाई चेतनशिल बनाउन, समाजलाई जागरुक बनाउन, राजनीतिक ज्ञान फैलाउन शिक्षक वर्गले गरेको योगदानलाई नकारेर शिक्षकले राजनीति मात्र गरे भन्नु त्यति उचित ठर्हदैन कि ?
प्रश्नः चुनावको बेला म यस्तो गर्छु उस्तो गर्छु भनेर भाषण गर्ने त नेताहरुको संस्कार नै भयो रमेशबाबु भट्टराई के मानेमा फरक हुनुहोला ?
हेर्नुस् रमेशबाबु भट्टराई बोल्ने मात्र होईन काम गर्ने शिक्षक नेता हो भन्ने धेरै शिक्षक साथीहरुलाई थाहा छ । मैले शिक्षक हकहितका आवाज उठाएर लड्दा देशदेश तरंगित पनि भएको छ र देशभरका शिक्षकहरुको आत्मसम्मान जागृत भएको छ । म शिक्षक होस् वा अरु कुनै सहयोग गर्ने सवालमा कहिल्यै पछि हटेको छैन । शिक्षकहरुको पेशागत सुरक्षा बढाउनको लागि, शिक्षकहरुको हकहितको लागि अक्षयकोष स्थापना गर्न , शिक्षकहरुको उपचारको लागि अस्पताल स्थापनाको लागि म सदा लागिरहने मान्छे हुँ र सदा लागि रहन्छु । त्यसैले पनि अहिले यतिबेला मलाई शिक्षक साथीहरुको मतको खाँचो भईरहेको छ ।
प्रश्नः कयौ साथीहरु तपाईका अग्रजहरु पनि अध्यक्ष पदका प्रत्यासी बन्नुभएको छ त्यसलाई कसरी लिनुभएको छ तपाईले ?
मेरा समकालिन तथा मेरा अग्रज शिक्षकहरुको चाहनालाई म अन्यथा सोच्दिन तर उहाँहरुले पनि सोच्नुपर्छ रमेशबाबु भट्टराई कत्तिको काम गर्ने मान्छे हो ? शिक्षककका हकहितका मुद्धाहरुमा बोकेको मात्र छ कि दिलोज्यानले काम गरेको छ ? शिक्षक साथीहरुको समस्यालाई कसैको समस्या मानेर बसेको छ कि सबैको साझा समस्या सोचेर अगाडि बढेको छ ? यी कुराहरु मनन् गर्नुभयो भने अध्यक्षका अन्य आकांक्षी शिक्षक साथीहरुले पनि रमेशबाबु भट्टराईलाई मत दिन हिच्किचाउनुपर्ने कारण म देख्दिन । मैले त भन्ने गरेको छु पुरानालाई सम्मान युवा जोश र जाँगर भएकालाई काम गर्ने अवसरको लागि पनि नेपाल शिक्षक संघ तनहूँको अध्यक्षमा रमेशबाबु भट्टराईलाई जिताउनु जरुरी छ । यो मेरो मात्र होईन रमेशबाबु भट्टराई पदमा नपुग्दा त शिक्षकको हकहितको लागि सर्वोच्च अदालतमा मुद्धा दायर गर्नेदेखि थुप्रै काम गरेको छ पदमा पुग्यो भने त शिक्षकहरुको आवाज बुलन्द रुपमा उठाउछ भनेर सोच्ने तमाम तनहूँका शिक्षक साथीहरुको आवाज हो ।








