तनहूँ । नेपाल शिक्षक संघ तनहूँको अध्यक्षमा रमेशबाबु भट्टराई निर्वाचित हुनुभएको छ । बुधवार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी भट्टराईले ६६४ मत ल्याएर विजयी बन्नुभएको हो । भट्टराईका निकटम प्रतिद्धन्द्धि भरतराज काफ्लेले ६२१ मत प्राप्त गर्नुभएको थियो ।
शिक्षकहरुको हकहितका लागि महत्वकांक्षी योजना पेश गर्दै निर्वाचनमा होमिनुभएका भट्टराई तनहूँको म्याग्दे गाउँपालिका वडा नंं ६ को रत्न माध्यामिक विद्यालयको प्र.अ. हुनुहुन्छ ।
त्यसैगरि बुधवार सम्पन्न निर्वाचनमा उपाध्यक्ष महिलामा लक्ष्मी मल्ल , उपाध्यक्षमा अशोक चन्द्र वाग्ले, सचिवमा नरेन्द्र नाथ न्यौपाने (निर्विरोध) , सचिव अर्थमा राजु ढकाल , सहसचिव खुलामा विजयराज खनाल , सहसचिव समावेशीमा नन्दु थापा, तुल बहादुर गुरुङ,अर्थमा ऋषिमाया राना , संघिय प्रतिनिधि महिला सुलोचना पंडित निर्वाचित भईसक्नुभएको छ ।








