तनहूँ रिस्तिका रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

  • ख-
  • ख+

काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा तनहूँको व्यास नगरपालिका वडा नं. ८ रिस्ति बाहुनपोखराका रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

पौडेलले ३३८०२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतर प्राप्त गर्नुभयो । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले समर्थन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?