गोविन्द भट्टराईद्धारा तनहूँ क्षेत्र नं. १ को उपनिर्वाचनमा उम्मेद्वार बन्ने घोषणा

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने दाबी गर्नु भएको छ । तनहूँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य बन्नु भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको भएकोले नेता भट्टराईले उम्मेदवार बन्ने दाबी गर्नु भएको हो ।

आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पाटी सभापति शेरबहादुर देउवाले चुनावको प्रचारमा हिड्नु टिकट तपाईले पाउनु हुन्छ भनेको बताउनुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुरेश भट्टराई, एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोत्ता समितिका अध्यक्ष तेजबहादुर चितौरे मगर, आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शालिग्राम अधिकारी लगायतले देशको निकास दिने र विकास दिने नेपाली काँग्रेस भएको कुरा जनतालाई बुझाएर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन कटिबद्ध भएर लाग्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो । नेता भट्टराईले गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिनिधी सभामा निर्वाचित व्यक्ति राष्ट्रपति बनेमा सो निर्वाचन क्षेत्र रिक्त हुने र ६ महिनाभित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । तनहूँबाट केन्द्रीय सदस्य तीन जना रहेका छन् । केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहूँ क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भई सक्नु भएको छ भने अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएको छ । केन्द्रीय सदस्य भट्टराईले तनहूँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहाना राख्नु भएको थियो तर वरिष्ठ नेता पौडेल उम्मेदवार बनेपछि उहाँ पछि हट्नु परेको थियो । जिल्लाका नेताहरु मध्ये सबैभन्दा सिनियर नेता भएकाले भट्टराईले नै टिकट पाउने सम्भावन बढी रहेको छ । नेता भट्टराईले उपनिर्वाचन हुने अवस्था आएपछि पार्टी सभापति देउवालाई भेट्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?