दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले लगाए ताला,फर्जी उम्मेदवारी खारेजीको माग

  • ख-
  • ख+

तनहूँ । दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा आईतबार विद्यार्थीले ताला लगाएका छन । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) विप्लव निकट संगठनले संयुक्त रुपमा ताला लगाएका हुन ।
चैत्र ५ गते हुन गईरहेको स्ववियूको निर्वाचनमा नेविसंघ तथा अनेरास्वबियू (क्रान्तिकारी)लको प्यानलबाट सभापति पदका उम्मेदवार गौरब पन्थको फर्जी बर्गीकरण उम्मेदवारी दिएको भेटिएपछि उनको उमेदवारी खारेजीको माग गर्दै विद्यार्थी संगठनले ताला लगाएका हुन् ।
अनेरास्ववियू (क्रान्तिकारी) काअध्यक्ष बिशाल रुचाल र अनेरास्वबियूका अध्यक्ष राहुल नेपालीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै पन्थको उमेदवारी खारेजीको माग गर्नुभएको छ ।
‘सभापति पदका उम्मेदवार पन्थले बिआइसिटीई ९ सेमेस्टरबाट बिए प्रथम बर्षमा आई भर्ना गरिएको भेटिएको छ । भर्ना रेर्कड अनुसार बिए प्रथम बर्ष र क्याटोगोरीमा मधेशी भनि बर्गीकरण गराई झुटो र फर्जी बर्गीकरण गराएको देखिएको भन्दै ताला लगाएको” बताईएको छ । ”आदिकवि भानुभक्त क्याम्पसमा बर्षौदेखि अध्यनरत तनहूँको बिद्यार्थीलाई चुनावको बेला मधेशी भनि बर्गीकरण गर्नुमा क्याम्पस प्रशासनको मिलेमतो भएको हुनसक्ने” बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
”फर्जी बर्गीकरणको उम्मेदवारी तुरुन्त खारेज गर्न माग गर्दै स्वबियू निर्वाचनलाई मर्यादित रुपमा अघि बढाउन क्याम्पस निर्वाचन समिति समक्ष जोडदार माग गरेको” अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष बिशाल रुचालले जानकारी दिनुभयो। ”क्याम्पस प्रशासनले बेवास्ता गरे चरणबद्व आन्दोलनमा अघि बढ्ने” रुचालले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?