राष्ट्रपतिको सचिवालयमा तनहूँका चिरन्जिवी र सुशिल सहित ५ जना नियुक्त

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा तनहूँका २ जना युवा सहित पाँच सदस्य नियुक्त हुनुभएको छ । नियुक्त हुने तनहूँका २ जनामा राष्ट्रपति रामचन्द्र पौडेलको लामो समयदेखि स्वकिय सचिव रहनुभएका व्यास नगरपालिका वडा नं. १० दुम्सिका चिरन्जिवी अधिकारी र विद्यार्थी नेता व्यास नगरपालिका वडा नं. ८ रिस्तिका सुशिल तिमल्सेना हुनुहुन्छ । अधिकारीले स्वकिय सचिवमा नियुक्ति पाउनुभएको छ भने तिमल्सेनाले सचिवालयमा नियुक्ति पाउनुभएको छ ।
त्यसैगरि अन्य नियुक्ति पाउनेहरुमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख स्वकीय सचिवको रुपमा पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन नियुक्त गरिएको थियो ।।
नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त हुनुभएको छ ।
त्यस्तै राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?