तनहूँ । तनहूँको दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा चैत्र ५ गते हुने निर्वाचनलाई लक्षित गर्दै मा फर्जि विद्यार्थी भर्ना गरिएको आरोप लगाउदै तालावन्दि समेत गरिएको थियो र पछि तालावन्दि खुलेको छ । निर्वाचन हुनभन्दा २ दिन अगाडि निर्वाचन समितिले एकाएक स्ववियु निर्वाचन एकाएक क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको जनाएको छ । यसै बिषयमा आदिकवि भानुभक्त क्याम्पस निर्वाचन प्रवन्ध समितिका संयोजक विजयराज खनालसग गरिएको छोटो कुराकानीः
प्रश्नः सर केहि बिद्यार्थी संगठनहरुले फर्जि विद्यार्थी भर्ना भएको र फर्जि विद्यार्थी उमेदवार बनेको आरोप लगाएर तालावन्दि गर्दा पनि नरोकिएको स्ववियु निर्वाचन हिजो शुक्रवार आएर एकाएक रोकियो किन होला ?
- विद्यार्थीहरुले तालावन्दि गर्नुलाई हामीले अन्यथा मानेका छैनौ । उहाँहरुले केहि कुरा कन्फ्युजन भएर तालावन्दि गर्नुभयो तर जुन व्यक्तिको बारेमा उहाँहरुले उमेदवारी खारेजीको लागि निवेदन दिनुभएको थियो , उक्त व्यक्ति यस कलेजको कुनै फ्याकल्टीको पुर्व विद्यार्थी भईसकेको र पुन अर्को फ्याकल्टीमा भर्ना भएको कारणले भर्ना हुन नपाउने भन्ने कुनै आधार छैन र मधेशी कोटामा भर्ना भएको भन्ने छ त्यो कुरा के बुझ्नु जरुरी छ भने प्राविधिक क्याम्पसहरु मा विभिन्न कोटामा भर्ना हुने त्रिविको नियमावलिमा भएपनि सामुदायिक क्याम्पसहरुमा त्यस्तो कोटा नभएको कारण यो टेक्निकल्ली मिस्टेकले त्यस्तो देखिएको हो । सर्भरले अटोमेटिक त्यस्तो देखाएको हुनाले देशभर नै त्यष्स्तो समस्या आएको थियो ति कुराहरु बुझेपछि तालावन्दि खुलेको छ र अर्को कुरा किन स्थगित भन्ने बारेमा स्ववियु निर्वाचनमा विद्यार्थी संघ संगठन समर्थित ६ दल र क्याम्पस व्यवस्थापनका अध्यक्षको समिति र कलेज प्रशासनको आग्रहमा हामी विद्यार्थीहरुलाई मिलाएर ल्याउछौ भनेको कारण हामीले निर्वाचन स्थगित गरेको हौ ।

प्रश्नः शिक्षाको मन्दिर क्याम्पसमा पनि दलहरुले बैठक गरेर भागवण्डा गर्नुपर्ने अवस्था सिर्जना भएको हो ? यदि त्यस्तो नै हो भने त निर्वाचन समिति नै किन चाहियो त ?
– हेर्नुस् हामीले त क्याम्पस प्रशासनले गराएको काम गर्ने हो । प्रशासनले निर्वाचन गरिदिनुपर्यो समितिमा बसिदिनुपर्यो भन्नुभयो बस्यौ अहिले आएर विद्यार्थी संघ र संगठन बिच सहमति हुन लागेको छ निर्वाचन स्थगित गर्नुस् भन्नु भयो स्थगित गरेका छौ, उहाँहरुका बिचमा सहमति भएन भने हामी निर्वाचन गर्न तयार छौ । रह्यो कुरा दलहरुको बैठकको भातृ संगठनहरुको निर्माणमा दलहरुले हस्तक्षेप गर्ने त उहाँमात्र होईन देशभरकै चलन छ यस्मा हामी के भन्न सक्छौ ।
प्रश्नः दलहरु बिच भागवण्डा मिलेर ससहमतिमा स्ववियु पदाधिकारी घोषणा हुने सम्भावना कत्तिको देख्नुहुन्छ तपाई ?
- आजसम्म यो कलेजमा स्ववियु निर्वाचन जितिरहेको नेविसंघले पनि सहमतिमा जाउँ न त अन्य संघ संगठनका सार्थीहरुलाई पनि विभिन्न पदमा आउन दिउँ नत भनेको ले सहमति हुने सम्भावना अत्याधिक रहेको छ । १९ सदस्यिय समितिमा सत्तारुढ दल निकट बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीलाई सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष सहित १४ सिट र अन्य ४ दल निकट भातृ संगठनलाई ५ सिट दिने सहमति हुन लागेको छ । अब विद्यार्थी संघ संगठनहरुका बिचमा भागवण्डाका कुरा नमिलेमात्र निर्वाचन हुने हो तर आज बेलुका सम्म सहमति हुन्छ र सहमति गराउन ६ दलका नेताहरु लागेको जानकारी प्राप्त गरेको छु ।








