काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ ।

आगामी वैशाख १० गते, तनहूँ १, बारा २ र चितवन २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

तनहूँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 127 Viewed

प्रतिक्रिया दिनुहोस्