तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि तनहूँ क्षेत्र नंं १ मा हुन लागेको उपनिर्वाचनमा तनहूँ कांग्रेसका पुराना नेता समुन्द्र गोदारले पनि टिकटको दावि गर्नुभएको छ । आज उहाँले एक विज्ञप्ति जारि गर्दै कांग्रेसको निर्देशानुसारआन्दोलन र संगठन निमार्णमा लागेको गाउँ गाउँमा प्रशिक्षण र जागरण पैदा गरेको थिए , मेरो जीवनचक्रमा पार्टीको
निर्देशनलाई अवज्ञा, निषेध र बेइमानी नगरेको बताउनुभएको छ ।
विज्ञप्तिमा उहाँले आफुले सामाजिक काम गर्दै झण्डै तीन करोडको जग्गा दान वाराही मा. वि. फराकचौरलाई दिएको, वरपरका सबै स्कुल कलेज मठ मन्दिर, धार्मिक प्रतिष्ठानमा उल्लेख्य सहयोग गरेको र जिल्लामा ३४।३५वटा खानेपानी योजना सम्पन्न गरेकोले आफ्नो पचासौं वर्षको सघर्षशील वलिदानी राजनैतिक जीवनयात्राको उचित मुल्यांकन हुदै यसपटक तनहूँ क्षेत्र नं. १ को उपनिर्वाचनमा नेपाली कांग्रेसले आफुलाई टिकट दिने विश्वास गरेको जनाउनुभएको छ ।
यसअघि नै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, संंविधानसभाका सदस्य धुव्र वाग्ले, संविधानसभाका सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस तनहूँका पुर्व सभापति रघुनाथ पौडेल, विद्यार्थी नेता दिपक भट्टराईले टिकटको दावि गरेको खबर बाहिरिएको छ भने आन्तरिकरुपमा गण्डकी प्रदेशका पुर्वमन्त्री डोवाटे बि.क., गण्डकी प्रदेश सभाकि पुर्व सदस्य सरिता गुरुगं, नेपाली कांग्रेस तनहूँका नेता लक्ष्मी आचार्य र युवा नेता रेशम गुरुगं पनि टिकटको दावि गरिरहेको खबर आएको छ ।








