नेपाल प्रहरीको नयाँ आईजीपी बसन्त कुँवर चयन

  • ख-
  • ख+

काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा हुनुहुन्थ्यो । दुई दिनअघि मात्र उहाँहरुले एआईजीको फुली लगाउनुभएको थियो । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नुहुनेछ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । उहाँसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लाग्नुभएको हो ।

एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मार्नुभएका कुँवर नेपाली कांग्रेसनिकट मानिनुहुन्छ । उहाँ गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा हुनुभएको थियो ।

सरकारले एआईजीमा बढुवा गर्दा वरियता हेरफेर नगरि कुँवरलाई पहिलो नम्बरमा राखेको थियो । त्यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहनुभएको थियो । कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला महान्यायधिवक्ता रहनुभएको थियो ।

२०२६ चैत १५ गते जन्मिएका कुँवर २०५१ चैतमा प्रहरी निरिक्षकबाट सेवा प्रवेश गर्नुभएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?