परियार जातिको तथ्यांक संकलन प्रशिक्षण कार्यक्रम दमौलीमा सम्पन्न

  • ख-
  • ख+

तनहूँ , चैत्र १३ । अन्जान परियार । परियार सेवा समाज तनहूँको आयोजनामा ब्यास नगरपालिका स्तरीय परियार जातिको तथ्यांक संकलन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। परियार सेवा समाज तनहूँका अध्यक्ष गणेश गोतामेको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। सोमवार दमौलीमा भएको कार्यक्रममा नगर प्रमुख न्यौपानेले परियार समुदायको बास्तबिक अबस्थाको सहि तथ्यांक संकलन गरि उनीहरुलाई सक्षम बनाउन नगरपालिकाको तर्फबाट सकारात्मक कदम चाल्ने बताउनु भएको थियो।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथी परियार सेवा समाजका केन्द्रिय सचिब एबम गण्डकी प्रदेश संयोजक लाल बहादुर परियारले समाजको केन्द्रिय गतिबिधी बारे प्रस्ट्याउनुका साथै बिभाजन हुन लागेका सबै परियार बन्धुहरुलाई एक ढिक्का बनाउन आफू लागि परेको र केन्द्रिय स्तरमा भएको सामान्य विवादको छिट्टै समाधान गरि महाधिवेशन गर्ने पनि बताउनु भएको थियो।

देशको उच्च तहमा परियार जातिको सहभागिता बढाउने उदेश्यले तथ्यांक संकलन अभियान सुरु गरिएको समाजका अध्यक्ष गणेश गोतामेले बताउनु भएको थियो। गैरदलित मात्र नभई दलितभित्र पनि विभेदको शिकारमा परेको परियार समुदायको क्षमताको बिकास गर्ने अभियान भएको बताउनुभएको थियो ।

कार्यक्रममा ब्यास नगरपालिकाको कार्यपालिका सदस्य चन्द्र मायाँ परियार र समाजका निबर्तमान अध्यक्ष राम बहादुर गुइदेलले पनि मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भेगराम परियार, बन्दिपुर गाउँपालिका कार्यपालिका सदस्य मिनाराम परियार, घिरिङ गाउँपालिका प्रेस सल्लाहकार अन्जान परियार, सिप बिकास तनहूँका संयोजक रमेस सेवा लगायत ब्यास नगरपालिका भित्रका परियारहरुको उपस्थिति रहेको थियो।

उक्त अवसरमा कार्यक्रम बारे संस्थाका कोषाध्यक्ष लक्ष्मी परियारले प्रष्ट्याउनुका साथै स्वागत मन्तब्य उपाध्यक्ष लक्ष्मण परियारले गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिब बुद्ध परियारले गर्नु भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?