तनहूँ , चैत्र १५ । नेकपा एमालेको मिसन ग्रासरुट अभियान ( पार्टी सुदृढीकरण तथा विस्तार अभियान ) अन्तर्गत व्यास नगरपालिका वडा नँ १० वडा कमिटीको वैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा भिम प्रसाद ढकालले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि पोलिटव्युरो सदस्य, तनहूँ जिल्ला ईन्चार्ज एवम् संविधानसभा सदस्य माननीय टुकराज सिग्देल , गण्डकी प्रदेश सचिवालय सदस्य,बिष्णुभक्त सिग्देल , जिल्ला कमिटी उपसचिव प्रदिपराज अधिकारी , जिल्ला कमिटी सदस्य गणेश बि क., जिल्ला सल्लाहकार परिषद सदस्यहरु मायानाथ कोईराला, मोहन कुमार बि.क., विष्णुप्रसाद ढकाल, मोहन सिँह बि. क., नगर कमिटी का. वा. अध्यक्ष तुल्सीराम पाण्डेको उपस्थितिमा वैठक सम्पन्न भएको थियो ।
वैठकमा निर्देशनालय मन्तव्य प्रमुख अतिथि पोलिट्व्युरो सदस्य टुकराज सिग्देल , गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णु भक्त सिग्देल , जिल्ला उपसचिव प्रदिप अधिकारी , जिल्ला सदस्य गणेश वि क, जिल्ला सल्लाहकार परिषद सदस्यहरु मायानाथ कोईराला , मोहन सुनार, विष्णुप्रसाद ढकाल, नगर का. वा. अध्यक्ष तुल्सीराम पाण्डेले मन्तव्य राख्नु भयो । वैठकले अभियानलाई टोल -टोल सम्म पु-याउन र गति दिन साथै आगामी वैषाख १० गते हुने उप – निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्त्वपूर्ण योजना तय गरेको छ ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

