नेकपा एमालेबाट तनहूँ १ को टिकट ल्याउने मोहन बि.क. को उद्घोष

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेबाट तनहूँ १ को टिकट ल्याउने मोहन कुमार बि.क.ले उद्घोष गर्नुभएको छ । आज एक पत्रकार भेटघाट कार्यक्रममा बि.क.ले ”आफु लामो समयदेखि कम्युनिष्ट कार्यकर्ता रहेर काम गरेकोले यस पटक तनहूँ क्षेत्र नं. १ मा हुन लागेको उपनिर्वाचनमा पार्टीले आफुलाई न्याय गर्ने” बताउनुभएको छ ।
”२०५१ सालदेखि पार्टीको विभिन्न पदमा रहेर बिशेषगरि दलितका मुद्धाहरुलाई सम्बोधन गर्न सधै अग्रसर रहेकोले यसपटक पार्टीले आफुलाई टिकट दिनुपर्ने” बि.क. को धारणा छ ।
उद्योग वाणिज्य संघ तनहूँको पुर्व अध्यक्ष नेपाल, सुनचाँदी व्यावसायी महासंघका निवर्तमान् अध्यक्ष बि.क. जनमानसमा परिचित र विभेदरहित मनसायले काम गर्ने व्यक्तिको रुपमा परिचित हुनुहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?