मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री

  • ख-
  • ख+

काठमाडौं । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको दाबी गरेका हुन् ।

उनले भने, ‘गठबन्धनमा सहमति भइसक्यो । अब दलहरुको आन्तरिक तयारी बाँकी छ । सबै पार्टीले आआफ्नो भागमा परेको मन्त्रालयको मन्त्री चयन गरेर प्रधानमन्त्रीलाई दिनुहुन्छ । भोलि शपथग्रहण हुन्छ ।’

मन्त्रालयको संख्याबारे शीर्ष नेताहरुसँग अझै एकपटक छलफल हुने बताए । उनले कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको बताए ।

उनले भने, ‘गठबन्धनमा रहेका ९ दलबीच २१ वटै मन्त्रालयको बाँडफाँट भइसक्यो । रास्वपालाई भाग छुट्याउने भन्नेबारेमा कुनै छलफल भएको छैन ।’

बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच सहमति भएको हो । सहमतिअनुसार कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?