मोटरसाइकल दुर्घटना हुँदा भक्तपुरका निश्चल महतको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ८ बजेर ५४ मिनेटमा प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ महतगाउँ बस्ने २४ वर्षीय निश्चल महतको मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर गम्भिर घाइते भएका महतको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् डीएसपी बसन्त पाठकले जानकारी दिए ।

उनलाई सुरुमा सूर्यविनायक नगर अस्पताल लगेकोमा थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा आज बिहान ९ बजेर ४० मिनेटमा उनको मृत्यु भएको डीएसपी पाठकले जानकारी दिए । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?