आँबुखैरनी नेपाली कांग्रेस सभापति पन्त र जिल्ला सदस्य खनालद्धारा नेपाली कांग्रेस परित्याग

  • ख-
  • ख+

तनहूँ , चैत्र १७ । तनहूँको आँबुखैरनी गाउँपालिका नेपाली कांग्रेस सभापति विष्णु बहादुर पन्त र नेपाली कांग्रेस जिल्ला सदस्य केशवनाथ खनाल नेपाली कांग्रेस परित्याग गर्नुभएको छ । पन्थ र खनालले आज एक पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस आफ्नो नीति र सिद्धान्तबाट विचलित भई कार्यकर्ताको भावनालाई कुठाराघात गर्दै गठबन्धन गरि स्वार्थी समुहलाई बोकेको कारणले आफुहरुले पार्टी छोड्न बाध्य भएको बताउनुभएको थियो ।
उक्त अवसरमा नेपाली कांग्रेस गाउँ समितिका अध्यक्ष पन्तले नोली कांग्रेसले देश र जनताको पक्षमा काम नगर्ने देखेर आफ्नो २६ बर्षदेखिको नेपाली कांग्रेससगको सम्बन्ध त्याग्न बाध्य भएको बताउनुभएको थियो ।
उक्त अवसरमा नेपाली कांग्रेस जिल्ला सदस्य खनालले ५० बर्षदेखि अंगालेको पार्टी गलत दिशामा हिडिरहेको र सच्चा कार्यकर्ता बस्न सक्ने वातावरण नभएकोले पार्टी डोडेको पनि बताउनुभएको थियो ।
उहाँहरुले आँबुखैरेनी गाउँपालिकामा ठुलो संख्यामा नेपाली कांग्रेसमा आवद्ध नेता तथा कार्यकर्ताहरु पार्टीमा व्यक्तिवाद हावि भएको भन्दै पार्टी छोड्ने मनसाय बनाएको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?