तनहूँ । व्यास नगर पालिकाको आर्थिक सहयोग र सहृदयी मन्च तनहूँ नेपालको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य पुनर्स्थापना तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा नगरपालिका भित्रका २० जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति र हेमोफेलिया भएका ४ जना व्यक्तिहरूलाई स्वास्थ पुनर्स्थापना अन्तर्गत औषधि वितरण गर्नुभएको थियो ।
कार्यक्रममा व्यास नगर पालिका सामाजिक विकास समितिका संयोजक वडा नम्बर १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ, रिसेड तनहूँका अध्यक्ष पदम बहादुर परियार, तनहूँ नेत्रहीन संघका अध्यक्ष चीन बहादुर कुमाल, अपाङ्गता महिला सशक्तीकरण समाजका अध्यक्ष तारादेवी पौडेल, व्यास नगरपालिका स्वास्थ तथा जनसंख्या शाखाका प्रमुख प्रमोद सोती, अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता भएका व्यक्तिको स्वास्थ पुनर्स्थापनाको बारेमा आआफ्नो धारणा राख्नु भएको थियोे ।
सहृदयी मन्च तनहु नेपालकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षता सप्पन्न कार्यक्रममा स्वागत मन्चका कार्य समिति सदस्य विराजमान कुमाल र कार्यक्रम संचालन सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

