तनहूँ । तनहूँ क्षेत्र नं. १ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल उमेदवार बन्नुहुनेभएको छ । नेकपा एमालेले १० वैशाखमा हुने उपनिर्वाचनमा तनहूँ क्षेत्र नं. १ का लागि खनाललाई उमेदवार चयन गरेको हो । शनिबार बसेको एमाले सचिवालय बैठकले खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहूँबाट खनाल सहित अन्य ६ जना आकांक्षी भएपछि पूर्वप्रहरी महानिरीक्षक खनाललाई पार्टीले उमेदवार तोेकेको हो । खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित हुनुभएको थियो ।
उक्त क्षेत्रबाट निर्वाचित संसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि उक्त षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

                    



				                               
							
							
							
    
    
    
    
    
    
    

