माओवादीले तनहूँ १ मा ओमकुमारी पौडेललाई बनाउला त उमेदवार ?

  • ख-
  • ख+

तनहूँ। नेकपा माओवादी केन्द्रले बैशाष १० गते हुन लागेको उपनिर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट माओवादी नेतृ ओमकुमारी पौडेललाई उमेदवार बनाउन जिल्लाका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहालसग भेट गर्नुभएको छ । लगातार उमेदवारविहीन हुँदा पार्टीका जनमत घटेको भन्दै रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएको गुन तिर्न पनि कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने माओवादी नेताहरुले बताउनुभएको छ ।

माओवादी आन्दोलनकी अगुवा महिला नेतृ ओमकुमारी पौडेललाई सत्तागठबन्धनको साझा उमेदवार बनाउन माओवादीले साँझसम्म गठबन्धनमा छलफल गर्ने आश्वासन बालुवाटार पुगेका नेताहरुलाई अध्यक्ष दाहालले दिएको उहाँहरुको भनाई रहेको छ ।

अध्यक्ष दाहालसग भेट्नुभएका एक माओवादी नेताका अनुसार ‘पार्टीबाट पौडेललाई उमेदवार बन्ने लगभग निश्चित भएको छ । सकेसम्म मलाई गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयास हुनेछ । कांग्रेसले नमानेको अवस्थामा मित्रवत र स्वस्थ प्रतिस्पर्धामा जाने सल्लाह पनि भएको बताईएको छ ।
मंसिर ४ को निर्वाचनमा तनहूँ १ बाट माओवादी केन्द्रले समानुपातिकतर्फ ७ हजार ३२६ मत पाएको माओवादीले करिब १२ हजार मत रहेको बताएको छ ।

माओवादीले बैशाष १० को उपनिर्वाचनमा देशाभरका ३ क्षेत्र मध्ये तनहूँ १ लाई पहिलो प्राथमिकतमा राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?