तनहूँ । तनहूँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनको लागि सोमबार विभिन्न राजनीतिक दलका ९ जना व्यक्तिहरुले उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको समय अवधि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नौ दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ९ वटा राजनीतिक दलका उम्मेदवारहरुले समर्थक र प्रस्तावक सहित उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी गराएको छ ।
उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टा–छुट्टै निर्धारित समयमा जिल्ला निर्वाचन कार्यालयमा पुगेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराई,, नेकपा एमालेबाट पूर्व आइजिपी सर्बेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी शोभा गुरुङ्ग, मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्ग बहादुर राना, नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनार र नेपाल कम्युनिष्ट पार्टी समाजवादी पार्टी नेपालका गणेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
तनहूँ क्षेत्र नं. १ बाट निर्वाचित संसद नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि हुन लागेको निर्वाचनला्यृ विशेष गरि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको बिषय बनाएका छन् ।










