नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुईजना धापासीबाट पक्राउ

  • ख-
  • ख+

काठमाडौं । एक नाबालिगमाथि सामूहिक बलात्कारमा संलग्न आरोपमा दुईजना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ७ घर भई टोखा- ६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत भेटघाटको समय मिलाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।

पीडितले प्रहरीलाई जानकारी गराएपछि चैत २० गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धापासीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले नेपाल प्रेसलाई बताए ।

उनकाअनुसार पक्राउ परेका दुवैजनालाई अन्य थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?