सम्भावना हुदा हुदै जिल्लाको विकास नभएको हुनाले आफु राजनीति आएको हुँः सर्वेन्द्र खनाल

  • ख-
  • ख+

तनहूँ । सम्भावना हुदा हुदै जिल्लाको विकास नभएको हुनाले आफु राजनीति आएको हुँ तनहूँ क्षेत्र नं. १ का नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले बताउनुभएको छ । मंगलबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खनालले उक्त कुरा बताउनुभएको हो । तनहूँ जिल्ला राष्ट्रिय स्तरमा मात्र नभईकन अन्तर्राष्ट्रिय स्तरमा समेत गर्व गर्न सक्ने बनाउन आफु लागि पर्ने उक्त अवसरमा खनालले बताउनुभएको थियो । नेपालको राजनीतिमा आफ्ना गल्ति लुकाउन अरुलाई गलत देखाउने संस्कारको बिकास भएको कारण त्यस्को अन्त्यको लागि म राजनीति अंगाल्नै पर्ने बाध्यता आईलागेको उक्त अवसरमा खनालले बताउनुभएको थियो ।
आफु प्रहरी महानिरिक्षकको पदमा रहदा ललिता निवासकाण्ड, गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यको लागि लागेको हुनाले जिलवासीको शिर नझुकाउने र एउटा कर्तव्यनिष्ट सेवकको रुपमा तनहूँवासीको लागि काम गर्ने उक्त अवसरमा खनालले बताउनुभएको थियो ।
देशको लागि काम गर्ने पार्टी नेकपा एमाले भएकोले पनि आफु आफ्नो जिल्लावासीसग बैशाष १० को उपनिर्वाचनमा मत माग्न उमेदवार बनेको खनालको भनाई थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?